बेलायतवासी साहित्यकार शान्ति लिम्बूको ‘कस्तुरी यात्रा’ शनिबार लोकार्पण

SHARE:

लन्डन १४ जुन २०२४ । पाँचथर समाज सेवा युकेकी अध्यक्ष तथा बेलायतवासी साहित्यकार शान्ति लिम्बुको चौथों पुस्तक ‘कस्तुरी यात्रा’ शनिबार लोकार्पण हुने भएको छ ।

फानबोरोस्थित साम्युयल कोडी होममा १५ जुन २०२४ मा आयोजना हुने पाँचथर समाज सेवा युकेको १५ औं वार्षिक भेला तथा सम्मान कार्यक्रमका अवसरमा शान्तिको उक्त नयाँ कृति सार्वजनिक गरिन लागेको हो । कार्यक्रममा नेपाली दूतावासका द्वितीय सचिव रामबाबु नेपाललाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गरिएको छ ।

लेखिका लिम्बुले नयाँ पुस्तकमा हाइकु, मुक्त र गीत समावेश रहेको प्रस्ट्याएकी छन् । साहित्यकार तथा समाजसेवी लिम्बुको पहिलो कृति ‘चेरिशा’, दोस्रो ‘मिलीजुली’ आख्यान र तेस्रो ‘शान फुङ’ प्रकाशित भएका थिए ।

भेलामा तारा लक्समले सांगीतिक प्रस्तुति दिनेछन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!