धरान २० जुन २०२४ । कवि विमल गुरुङको स्मृतिमा स्थापित कवि विमल गुरुङ स्मृति पुस्तकालयले कवि विमल गुरुङ कृति पुरस्कारका लागि कृति आह्वान गरेको छ ।
स्वदेश र विदेशमा रहेका कवि, साधक, लेखक, साहित्यकारलाई नेपाली भाषामा लेखिएका कविता आगामी असोज मसान्तसम्ममा आइपुग्ने गरी पठाउन आह्वान गरिएको पुस्तकालयका संरक्षक अध्यक्ष पूर्णबहादुर गुरुङले बताउनुभयो । कृतिको पुरस्कार राशी रु दुई लाख र ताम्रपत्र रहेको छ ।
Pप्रतियोगितामा प्रथम, द्वितिय र तृतीय हुनेलाई आगामी कात्तिक २४ गते ३३औँ राष्ट्रिय कविता महोत्सवमा पुरस्कार प्रदान गरिने छ । विशेष गरी नेपाली साहित्यको उन्नयनका लागि स्वदेश र विदेशमा रहेका साहित्य साधक, लेखक, कवि, साहित्यकारलाई सम्मान गर्दै कृति आह्वान गरेको अध्यक्ष गुङले बताउनुभयो ।






