बेलायतमा आगामी २८ जुलाईमा ‘अनलिस योर इनरसेल्फ’को छैटौं शृंखला

SHARE:

लन्डन २८ जुन २०२४ । बेलायतमा आगामी २८ जुलाई २०२४ मा ‘अनलिस योर इनरसेल्फ’को छैटौं शृंखला कार्यक्रम हुने भएको छ ।

ग्रेटर रस्मूर नेपाली कम्युनिटीका अध्यक्ष मान गुरुङ नेतृत्वको माउसटेल वेब सर्भिसेस् अल्डरसटको आयोजनामा ‘अनलिस योर इनरसेल्फ’ शीर्षकमा कार्यक्रम हुन लागेको हो । कार्यक्रममा इन्द्र गुरुङ, राजी श्रेष्ठ र माउसटेलका निर्देशक मान गुरुङले स्वास्थ्य, धन र नेतृत्व विकास र जीवन परिवर्तनलगायत विषयमा प्रशिक्षण दिने छन् ।

कार्यक्रम भिक्टोरिया रोड अल्डरसटमा रहेको डि लाउन्जमा बिहान ९ देखि दिउँसो ३ बजेसम्मका लागि तोकिएको छ । कार्यक्रममा सहभागिताका लागि सिल्भर ३५ पाउन्ड, भीआईपी १ सय ५५ पाउन्ड र डाइमन्ड ३१५ शुल्क तोकिएको छ ।

टिकेटमा सहुलियतसमेत रहेको समाजसेवी गुरुङले बताए । उनका अनुसार अनलाइन टिकेटिङको समेत सुविधा उपलब्ध छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!