
फाइल फोटो
लन्डन २५ जुन २०२४ । विश्व नेपाली साहित्य महासंघ बेलायत पश्चिम शाखाले २११ औं आदिकवि भानुभक्त जयन्ती मनाउने भएको छ ।
२५ जुन २०२४ मा अध्यक्ष लाल सुन्दर राईको अध्यक्षतामा बसेको बैठकले आउँदो जुलाई ६ तारिखमा आदिकवि भानुभक्त जयन्ती कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो । भानुभक्त जयन्ती आजको सन्दर्भ थिममा रहेर कार्यक्रम ३ घण्टाको अवधिमा सक्ने गरी बिहानको ११.३० सुरू गरेर २.३० भित्र समापन गर्ने सर्बसमितिबाट पारित भएको छ।
कार्यक्रममा प्रमुख अतिथि डा. गोबिन्दराज भट्टराई, विशेष अतिथि विनेसाम केन्द्रका अध्यक्ष सुरेन्द्र लिम्बू परदेशी, महासचिव सुनिता कन्दङ्वा राई, केन्द्रका सदस्य विनेसाम दक्षिण शाखाका निवर्तमान अध्यक्ष विजय हितान लगायत विभिन्न साहित्यकारहरुको उपस्थिति रहने सचिव शान्ति लिम्बुले जानकारी दिएकी छिन् ।
विनेसाम केन्द्रको आजीवन सदस्य र संरक्षक बन्नका लागि जुन २९ भित्र नाम सङ्कलन गरी केन्द्रमा नामवली बुझाउन समेत आग्रह गरिएको थियो।
शाखाकी सचिव शान्ति लिम्बुको हालै प्रकाशित पुस्तक ‘कस्तुरी यात्रा’ को समीक्षा डा. गोविन्दराज भट्टराई र डा. सुमाया राईले गर्ने भएको छ ।
सचिव शान्ति लिम्बुले सन्चालन गरेको बैठकमा संरक्षक डा. सुमाया राई, सहसचिव हरि राई, मिडिया संयोजक गोमा राना, सदस्य रघु भण्डारी, गंगा भण्डारी, लिला सेलिङ माबो, देवी आले लगायतका सदस्यहरुको उपस्थिति रहेको थियो ।






