नेपाली साहित्य विकास परिषद् युकेको नयाँ नेतृत्व चयनका लागि जुलाई २१ मा निर्वाचन

SHARE:


लण्डन ६ जुलाई । नेपाली साहित्य विकास परिषद् युकेको नयाँ नेतृत्व चयनका लागि यही जुलाई २१ मा लण्डनमा हुने भएको छ । परिषद्‌का अध्यक्ष कोमलप्रसाद श्रेष्ठ मल्लको अध्यक्षतामा बसेको सचिवालय बैठकले २१ जुलाई २०२४ आइतबारका दिन दिउँसो १२.०० बजे एबीआई कलेज, एक्टन हाइस्ट्रिटमा बस्ने परिषद्‌को २९ औँ वार्षिक साधारणसभा बोलाउने निर्णय गरेको हो । साधारणसभाले आगामी दुई वर्षका लागि परिषद्को १४औँ कार्यसमितिको निर्वाचित गर्ने छ ।

निर्वाचन सम्पन्नका लागि परिषद्का संस्थापक तथा निवर्तमान अध्यक्ष सुरेशजङ्ग शाहको अध्यक्षतामा ६ सदस्यीय अध्यक्ष मण्डल गठन गरेको छ । अध्यक्ष मण्डलमा परिषद्का प्रमुख वरिष्ठ सल्लाहकार डा. राघवप्रसाद धिताल, पूर्वअध्यक्षहरू हरिसिंह थापा र खगेन्द्र नेपाली, सल्लाहकारहरू विजय थापा र कृष्ण भट्ट रहेका छन् ।

परिषद् सचिवालयले एक विज्ञप्ति प्रकाशित गरी सम्पूर्ण सर्जक कवि साहित्यकार तथा साहित्यप्रेमी समाजसेवीहरूमा निर्वाचनमा उत्साहवर्धक सहभागिताका लागि खुल्ला उन्मेद्वारी मनोनयन आह्वान गरेको छ ।

उम्मेदवारी दर्ता यही १९ जुलाई साँझ ५.३० बजेभित्र अध्यक्ष मण्डलका सदस्य कृष्ण भट्टसमक्ष आफूले उठ्न चाहेको पदमा उम्मेदवारी नाम दर्ता गराउनु पर्नेछ भने परिषद्को सदस्यता नवीकरण वा नयाँ सदस्यताका लागि परिषद्का वरिष्ठ कोषाध्यक्ष मनोज अन्जान वा अध्यक्ष कोमल प्रसाद मल्ल श्रेष्ठसँग अविलम्व सम्पर्क गर्न पनि विज्ञप्तिमा आह्वान गरिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!