विनेसामको १५ औँ स्थापना दिवस तथा २११ औं भानुजयन्ती सम्पन्न

SHARE:

१३ जुलाई २०२४ बेलायत। विश्व नेपाली साहित्य महासंघ (विनेसाम) को १५ औँ स्थापना दिवस तथा भानुजयन्ती भर्चुअल माध्यमद्वारा भब्य रुपले सम्प्पन भएको छ।

स्थापना दिवस तथा भानु जयन्ति कार्यक्रममा विश्वका बिभिन्न देशका विशिष्ट साहित्यकारहरुले स्थापन दिवस र भानुजयन्तीको बारेमा बिभिन्न आ-आफ्नो रचना वाचन गर्नुका साथै स्वागत मन्तब्यहरु व्यक्त गरेका छन। कार्यक्रममा मन्तब्य दिने सम्पूर्ण वक्ताहरुले आदिकवि भानुभक्तले नेपाली भाषाको माध्यमबाट सम्पूर्ण नेपालीहरुलाई एकीकरण गरेको ठहर गर्दै आदिकविले नेपाली भाषाप्रति दिएको योगदानको उच्च कदर गरेको छ।

स्थापना दिवस तथा भानु जयन्ति कार्यक्रममा संरक्षक सदस्यहरू: श्री सुरेन्द्र इङ्नाम, श्री बिश्वासदीप तिगेला, श्री भोजराज बराल, डा. मधु माधुर्य, श्री विजय हितानलगायत महासङ्घका सम्पूर्ण आजीवन सदस्यहरूलाई भर्चुअल माध्यमबाट संरक्षक सदस्यताको प्रमाणपत्र र आजीवन सदस्यताको प्रमाणपत्र बितरण गरिएको छ।

विनेसामको १५ औँ स्थापना दिवस तथा २११ औं भानुजयन्ती तथा विनेसामका अध्यक्ष सुरेन्द्र लिम्बु प्रदेशीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि – नेपाली साहित्यका शिखरपुरुष पद्मश्री लीलबहादुर क्षत्री, (गुवाहाटी, असम, भारत) लाई आमन्त्रण गरिएको थियो ।

उक्त कार्यक्रममा बरिष्ठ साहित्यकार लेखनाथ काफ्लेले स्वागत मन्तब्य दिएका थिए भने डेबिका मनरातीले संचालन गरेका थिए।

विशिष्ट अतिथिहरूमा प्रा.डा. गङ्गाप्रसाद प्रसाईँ, कुलपति त्रिपुरा विश्वविद्यालय भारत, प्रा.डा. यादवप्रकाश लामिछाने, उपकुलपति, नेपाल संस्कृत विश्वविद्यालय, दाङ, श्री गङ्गाप्रसाद उप्रेती, पूर्वकुलपति, नेपाल प्रज्ञा-प्रतिष्ठानका, काठमाडौं, डा. जगमान गुरुङ, पूर्वउपकुलपति नेपाल प्रज्ञा-प्रतिष्ठान, काठमाडौं, प्राज्ञ विमल निभा, उपकुलपति, नेपाल प्रज्ञा-प्रतिष्ठान, काठमाडौं, श्री शम्भु राई, वरिष्ठ गायक तथा संगीतकार एवम् उपकुलपति नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठान, डा. शंकरदेव ढकाल, अध्यक्ष भारतीय साहित्य एकाडेमी परामर्श समिति, डा. दुबसु क्षेत्री, महामहिम नेपाली राजदूत, जापान, श्री मीलनराज तुलाधर, महामहिम नेपाली राजदूत, रसिया, श्री कुलचन्द्र आचार्य, महामहिम नेपाली राजदूत, बेलायत, श्री हरिशचन्द्र घिमिरे, महामहिम नेपाली राजदूत, म्यान्मार, श्री कान्ता रिजाल, महामहिम नेपाली राजदूत, इजरायल, श्री भीम उदास, पूर्वराजदूत, काठमाडौँ, प्रा.डा. भीम खतिवडा, शिक्षाध्यक्ष नेपाल संस्कृत विश्वविद्यालय, दाङ, प्रा.डा. गोविन्दराज भट्टराई, वरिष्ठ लेखक समालोचक, काठमाडौं, प्रा.डा. हेमनाथ पौडेल, पूर्वविभाग प्रमुख नेपाल प्रज्ञा-प्रतिष्ठान, काठमाडौं, प्रा.डा. दिवाकर प्रधान, अध्यक्ष भारतीय भाषा विभाग काशी हिन्दू विश्वविद्यालय, भारत, प्रा.डा. सञ्जिव उप्रेती, वरिष्ठ लेखक समालोचक, काठमाडौं, प्रा.डा. कविता लामा, विभाग प्रमुख सिक्किम विश्वविद्यालय, भारत , प्रा.डा. व्रतराज आचार्य, भानुभक्तका पनाति, प्रा.डा. सञ्जय बान्तावा, विभाग प्रमुख, उत्तरवङ्ग विश्वविद्यालय, भारत, प्रा.डा. भरत भट्टराई, नेपाली विभाग, त्रिभुवन विश्वविद्यालय, काठमाडौँ, प्रा.डा. पुष्कर पराजुली, उत्तरवङ्ग विश्वविद्यालय, भारत, प्रा.डा. वाशुदेव पुलामीज्यू, बागडोग्रा कलेज, भारत, प्रा.डा. मेघनाथ क्षेत्री, सोनादा डिग्री कलेज, भारत, प्रा.डा. राजीव विश्वकर्मा, उत्तरवङ्ग विश्वविद्यालय, भारत, प्रा.डा. गोविन्दमान सिंह कार्की, विभाग प्रमुख त्रिचन्द्र क्याम्पस, काठमाडौं, प्रा.डा. शैलेन्दुप्रकाश नेपाल, विभाग प्रमुख पद्मकन्या क्याम्पस, काठमाडौं @प्रा.डा. घनश्याम नेपाल, विभाग प्रमुख उत्तरवङ्ग विश्वविद्यालय सिलगढी @प्रा.डा. इन्दुप्रभादेवी, विभाग प्रमुख बि बरुवा कलेज, असम, प्रा.डा. बद्रीविशाल पोखरेल, महेन्द्र मोरङ बहुमुखी क्याम्पस, बिराटनगर, प्रा.डा. राजकुमार क्षेत्री, दार्जीलिङ गभर्मेन्ट कलेज, भारत, प्रा.डा. कृष्णप्रसाद धिमिरे, लुम्बिनी प्रविधिक विश्वविद्यालय, प्रा.डा. नलीन रञ्जन सिंह, केकेसि कलेज, लखनऊ, भारत, प्राज्ञ कौशिला रिसाल, सामाजिकशास्त्र विभाग प्रमुख नेपाल प्रज्ञा-प्रतिष्ठान, काठमाडौं, प्राज्ञ बाबा बस्नेत, काव्य विभाग प्रमुख नेपाल प्रज्ञा-प्रतिष्ठान, काठमाडौं, प्राज्ञ सनतकुमार रेग्मी, पूर्वसदस्यसचिव नेपाल प्रज्ञा-प्रतिष्ठान, काठमाडौँ, प्राज्ञ डा. देवी नेपाल पूर्व विभाग प्रमुख नेपाल प्रज्ञा-प्रतिष्ठान, काठमाडौं, प्राज्ञ कविता आले, काठमाडौँ, चर्चित गायिका तथा अभिनेत्री, काठमाडौं, प्राज्ञ श्रवण मुकारुङ, वरिष्ठ कवि साहित्यकार, काठमाडौं, प्राज्ञ महानन्द ढकाल, नेपाल प्रज्ञा-प्रतिष्ठान, प्राज्ञ शशीराम कार्की, नेपाल प्रज्ञा-प्रतिष्ठान, प्राज्ञ हरिप्रसाद तिमल्सिना, नेपाल प्रज्ञा-प्रतिष्ठान, डा. गोकुल सिन्हा, दार्जीलिङ, भारत (भानुभक्तमा विद्यावारिधि), डा. घनश्याम परिश्रमी, कुलपति बर्दघाट प्रज्ञा-प्रतिष्ठान, नेपाल, श्री अशेष मल्ल, वरिष्ठ साहित्यकार तथा रङ्गकर्मी, काठमाडौं, श्री देश सुब्बा, दार्शनिक, चिन्तक तथा वरिष्ठ लेखक, हङकङ, श्री कृष्ण धरावासी, वरिष्ठ साहित्यकार, श्री मञ्जुल नेपाल, कवि, गीतकार, लेखक, काठमाडौं, श्री दिनेश अधिकारी, वरिष्ठ कवि तथा गीतकार, काठमाडौं, डा. राजेन्द्र भण्डारी, वरिष्ठ कवि साहित्यकार, भारत, डा. नेत्र एटम, त्रिभुवन विश्वविद्यालय काठमाडौँ, श्री उपेन्द्र सुब्बा, चर्चित कवि, लेखक, कलाकार, काठमाडौं, श्री मोमिला जोशी, सशक्त नारी हस्ताक्षर, साहित्यकार, काठमाडौं, श्री शैलेन्द्र साकार, शिखरकवि, काठमाडौँ, श्री प्रभा भट्टराई, भानुभक्तका पनातिनी,, श्री कुन्ता शर्मा, वरिष्ठ साहित्यकार, धरान, नेपाल, श्री जय क्याक्टस, वरिष्ट साहित्यकार, डुवर्स, भारत, श्री रुद्र बराल, वरिष्ठ साहित्यकार, असम, भारत, श्री अशोक रोका, वरिष्ठ साहित्यकार, डुवर्स, भारत, श्री अविर खालिङ, वरिष्ठ साहित्यकार, डुवर्स, भारत, श्री मणिकुमार प्रधान, सिलिगुडी, भारत, श्री गोवर्द्धन पूजा, अध्यक्ष अनेसास, श्री हिक्मत थापा, भाषा साहित्य संयोजक एनआरएनए, श्री गीता भण्डारी, अध्यक्ष साहित्यिक चौतारी नेपाल, श्री समर चेम्जोङ, अध्यक्ष सगरमाथा साहित्य प्रतिष्ठान, श्री रमन गुरुङ, अध्यक्ष हङकङ साझा शृङ्खला, श्री विमला तुम्खेवा, अध्यक्ष सन्चारिका समूह नेपाल, कर्ण गुरुङ, अध्यक्ष, ग्लोबल भुटनीज लिटरेरी अर्गनाइजेसन लाई आमन्त्रण गरिएको थियो ।

अतिथिहरूमा, डा. ज्ञानु अधिकारी, साहित्यकार, समालोचक, काठमाडौं, डा. सोमबहादुर धिमाल, साँस्कृतिक अभियन्ता, काठमाडौं, डा तारालाल श्रेष्ठ, लेखक, चिन्तक, काठमाडौं, श्री भुपेन्द्र कोइराला, क्याम्पस प्रमुख, बेलबारी बहुमुखी क्याम्पस, मोरङ, श्री प्रदिप परियार थापा, वरिष्ठ पत्रकार, श्री दिपा लिम्बू राई, लेखक, साहित्यकार, श्री मुकुन्द प्रयास, कवि साहित्यकार, श्री रत्ननिधि रेग्मी शुक्राचार्य, अध्येता, अनुसन्धाता, डा. देवेन सापकोटा, पर्या-साहित्यकार, असम, श्री चेतनाथ आचार्य, अरनिको सम्बन्धी अध्येता, लेखक तथा वरिष्ठ संचारकर्मी, डा. बिष्णुमाया परियार, सामाजिक अभियन्ता, श्री केशव विक्रम खड्का “तथागत”, श्री डम्बर पहाडी ‘एलाक’, निवृत्त उपप्राध्यापक त्रि.वि. तथा कवि , श्री गोविन्द शर्मा, डा. नारद पोख्रेल, लेखक तथा समाजसेवी, प्रा. संगीता राना प्रधान, वरिष्ठ गायिका तथा संगीतकार, काठमाडौं, श्री कृष्ण कँडेल, कलाकार तथा सामाजिक अभियन्ता, श्री ज्ञान उदास, वरिष्ठ साहित्यकार, श्री चिनीमाया माझी, सामाजिक अभियन्ता तथा नेपाल माझी उत्थान सङ्घकी केन्द्रीय अध्यक्ष, श्री मनोज राई, लेखक, गायक, संगीतकार, डा. किङ गुनु घर्ती, वरिष्ठ साहित्यकार, मिजोरम, भारत, श्री शिवु क्षेत्री, वरिष्ठ सञ्चारकर्मी, सिलिगुडी, भारत, श्री दीपक पन्त, सचिव, नेपाली साहित्य समिति, मणिपुर, डा. विनोद रसाइली, सचिव गोर्खा जनपुस्तकालय, खर्साङ, भारत, श्री राजीव क्षेत्री, साहित्य अकादमी युवा पुरस्कार, भारत, श्री रुपेश शर्मा, वरिष्ठ साहित्यकार, डुवर्स, भारत, श्री पि.टी. यल्मो, सचिव, देवकोटा संघ, सिलिगुडी, भारत, डा. जीवन राना, वरिष्ठ साहित्यकार, सिलिगुडी, भारत, श्री युवराज काफ्ले, वरिष्ठ साहित्यकार, सिलिगुडी, भारत, श्री कृष्णनील कार्की, वरिष्ठ साहित्यकार, असम, भारत, श्री निलिमा आचार्य, वरिष्ठ साहित्यकार, असम, भारत, श्री नरेश कटुवाल, वरिष्ठ साहित्यकार, डुवर्स, भारत, डा. बिना हाङ्खिम, वरिष्ठ साहित्यकार, दार्जीलिङ, भारत, डा. विदुप्रकाश कायस्थ, सम्पदा अभियन्ता तथा लेखक, काठमाडौँ, श्री किशन प्रधान, वरिष्ठ साहित्यकार, नागरी, दार्जीलिङ, भारत @डा. समर सिन्हा, सिक्किम विश्वविद्यालय, भारत, प्रा.डा. प्रविन कार्की, गौराङ्गा विश्वविद्यालय, भारत, श्री हेमन्त काफ्ले, सिलिगुडी, भारत, श्री समीर शर्मा, सिलिगुडी, भारत, श्री किरण आचार्य, सिलिगुडी, भारत, श्री कर्ण विरह, दार्जिलिङ, भारत, डा. देवेन्द्र केसी, लेखक, गीतकार, काठमाडौँ, श्री छत्र छाजेड, हिन्दी कवि, अनुवादक, दिल्ली, श्री राजकुमार कार्की, वरिष्ठ पत्रकार, ब्लाष्ट टाइम्स राष्ट्रिय दैनिक, श्री गोपाल देवान, विजयपुर एफ एम धरान, श्री प्रदीप मेयाङ्बो, कान्तिपुर राष्ट्रिय दैनिक, श्री अश्विनी कोइराला, साहित्यपोष्ट, श्री भीम राई ज्वाला, औजार राष्ट्रिय दैनिक, श्री जनकॠषी राई, अध्यक्ष, पत्रकार महासङ्घ सुनसरी, श्री देवेन्द्र सुर्केली, नयाँ अनलाइन, श्री सीता तुम्खेवा, नयाँ अनलाइन, श्री देवेन्द्र कार्की, जनता टाइम्स, श्री निर्मला कुँवर, रेडियो नेपाल धनकुटालाई निमन्त्रणा दिइएको थियो।

अन्त्यमा विनेसामको १५ औँ स्थापना दिवस तथा २११ औं भानुजयन्ती तथा विनेसामका अध्यक्ष सुरेन्द्र लिम्बु प्रदेशीले प्रमुख अतिथि, विशिष्ट अतिथिहरु, अतिथिहरु लगायत सम्पूर्ण उपस्थित साहित्यकारहरुलाई विनेसामको १५ औँ स्थापना दिवस तथा २११ औं भानुजयन्तीको हार्दिक शुभकामना व्यक्त गर्दै हार्दिक धन्यवाद दिएका छन।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!