अनेसास यूकेले सम्झियो भानु र ईश्वर

SHARE:

माया गुरुङ
लन्डन १३ जुलाई २०२४ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेलायत च्याप्टरले आफ्नो वार्षिक क्यालेण्डर अनुसार २११औं भानु जयन्ती साथै ९३औं ईश्वर मानन्धर जयन्ती शनिबार १३ जुलाईमा भर्चुअल माध्यमद्वारा भव्यताका साथ सम्पन्न गरेको छ ।

कुमार केसीबाट जूम होस्ट र मन्जु भन्डारीबाट संचालित सो कार्यक्रममा राज श्रेष्ठको अध्यक्षता र उपाध्यक्ष माया गुरुङको संयोजन रहेको थियो । कार्यक्रममा एपेक नेपालका अध्यक्ष विश्वविमोहन श्रेष्ठ प्रमुख अतिथि रहेका थिए भने हालै निर्वाचित अनेसास केन्द्रका अध्यक्ष सर्वज्ञ वाग्ले तथा निवर्तमान अध्यक्ष गोवर्धन पूजा विशेष अतिथि रहेका थिए ।

कार्यक्रममा अनेसासका सल्लाहकारद्वय सुमल कुमार गुरुङ र डा. रुपक श्रेष्ठले क्रमशः आदिकवि भानुभक्त र डायस्पोराका आदिकवि ईश्वर मानन्धरका साहित्यिक योगदानको बारेमा प्रकाश पारेका थिए भने विशेष अतिथि गोवर्धन पूजा तथा सर्वज्ञ वाग्लेले शुभकामना मन्तव्य दिएका थिए ।

प्रमुख अतिथि विश्वविमोहन श्रेष्ठले शुभकामना मन्तव्य दिंदै भानुभक्तले सबै नेपालीलाई नेपाली भाषाका माध्यमले एकत्रित बनाए भने अनेसासले विश्वभरि नै नेपाली भाषा र साहित्य पुऱ्याउन ठूलो भूमिका खेलेको बताए।

सुप्रमा – ईप्रमा पुरस्कार संस्थापक परिवारका प्रतिनिधित्व गर्दै कविपुत्री सबिता मानन्धरले सो पुरस्कारलाई निरन्तरता दिने कुरा बताउँदै अनेसास बेलायतलाई धन्यवाद ज्ञापन गरे।

नेपाल, बेल्जियम, पोर्चुगल, अमेरिका, र बेलायतबाट उपस्थित कविहरु दुर्गा प्रसाद पोखरेल, सर्वज्ञ वाग्ले, एन बी अन्जान, विनोद अधिकारी, वासुदेव सापकोटा, विन्दु त्रिपाठी, डिल्लीराम आम्मई, गंगा भण्डारी, सौरभ कारन्जित, सबी श्रेष्ठ, गोमा राना, प्रतिमा केसी, जीत बुढाथोकी, कुमार केसी, सारा देवी गुरुङ, सुमल कुमार गुरुङ, रुपक श्रेष्ठ, मन्जु भन्डारी तथा राज श्रेष्ठले सिर्जना वाचन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!