नेपाली साहित्य विकास परिषद् युकेको अध्यक्षमा फेरि कोमल मल्ल चयन

SHARE:


लन्डन २२ जुलाई २०२४ । नेपाली साहित्य विकास परिषद् युकेमा नयाँ कार्यकारिणी समिति चयन भएको छ ।

वेस्ट लन्डन, एक्टनस्थित एबिआई कलेजमा भएको परिषद्को २८औँ साधारणसभाले पुन: कोमलप्रसाद श्रेष्ठ मल्लको अध्यक्षतामा १७ सदस्यीय १४औँ कार्यकारिणी समिति चयन गरेको हो । नयाँ कार्यसमितिमा अध्यक्षमा मल्ल, वरिष्ठ सहअध्यक्ष ध्रुव केसी, पाँच जना सहअध्यक्षहरूमा वसन्त रायक्षेत्री, वीरेन्द्र कुँवर, रेशम अर्याल, गोकुल भण्डारी र वाचस्पति रेग्मी तथा दुई जना उपाध्यक्षहरूमा डम्बर सिंह ‘प्रयास’ र डा.संगीता श्रेष्ठ ‘स्वेच्छा’ चुनिएका छन् ।

यसैगरी महासचिवमा डा.सुधा श्रेष्ठ र वरिष्ठ कोषाध्यक्षमा मनोज अन्जान र सहमहासचिवमा अहिल्या कुँवर चुनिएका निर्वाचन समितिले जनाएको छ ।

कार्यकारिणी सदस्यहरूमा हरि केसी, वासुदेव सापकोटा र रुक्मिणी मानन्धर रहेका छन् । विनेपाली डटकमका सम्पादक नरेश खापाङ्गीमगर र नेपाली लिंक डटकमका नवीन पोखरेलले मिडिया कोअर्डिनेटरको जिम्मा पाएका छन् ।

साधारणसभाले १६ सदस्यीय सल्लाहकार समितिसमेत गठन गरेको छ । जसमा प्रमुख सल्लाहकार डा. राघवप्रसाद धिताल ओबिई, सल्लाहकारहरूमा सुरेशजङ्ग शाह, हरिसिंह थापा, खगेन्द्र नेपाली, हरिविभोर कार्की, मदन थापा, घनबहादुर थापा मगर, विजय थापा, डा. गोपाल पौडेल, कृष्ण भट्ट, पिपला पाण्डे देवान, डा.जनककुमारी धिताल, हिन्दमैञा वैद्य, कमल भण्डारी, बालजंग अर्याल र पशुपति भण्डारी रहेका छन् ।

नवनिर्वाचित पदाधिकारीहरूको पद शुशोभन तथा प्रमाणपत्र वितरण पछि अर्को कार्यक्रममा गरिने निर्वाचन मण्डलले जनाएको छ । कार्यसमितिको कार्यकाल दुई वर्षको रहने व्यवस्था छ ।

नयाँ कार्यसमिति चयनका लागि परिषद्का संस्थापक तथा निवर्तमान अध्यक्ष सुरेशजङ्ग शाहको नेतृत्वमा प्रमुख सल्लाहकार डा.राघवप्रसाद धिताल ओबिई, पूर्वअध्यक्षहरू हरिसिंह थापा, खगेन्द्र नेपाली र सल्लाहकारहरू मदन थापा, विजय थापा र कृष्ण भट्ट रहेको ७ सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको थियो ।

कोमलप्रसाद श्रेष्ठ मल्लको अध्यक्षतामा बसेको साधारणसभाबाट कोषाध्यक्ष मनोज अन्जानद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन र सहअध्यक्ष तथा कार्यवाहक महासचिव डा. सुधा श्रेष्ठले प्रस्तुत गर्नुभएको वार्षिक प्रगति प्रतिवेदनहरूमाथि बुँदागत छलफल गरि पारित भएको थियो ।

साधरणसभाले १३औँ कार्यसमितिको कार्यकाल सफल बनाउन परिषद्का हरेक कार्यक्रमहरूमा सक्रिय कार्यसमितिका पदाधिकारीहरू, प्रमुख सल्लाहकार तथा सल्लाहकारहरू, परिषद्का पदेन संरक्षक राजदूत तथा नेपाली राजदूतावास परिवार, कवि तथा कलाकारहरू, परिषद्को नेपाल च्याप्टरका पदाधिकारीहरू, कोसेली नेपाली सांस्कृतिक परिवार युकेका संस्थापक अध्यक्ष मदन थापा तथा अन्य कलाकारहरू, सयपत्री सांस्कृतिक परिवार युकेका अध्यक्ष डम्बसिंह प्रयास र पदाधिकारीहरू, पत्रकारहरू र आर्थिक तथा भौतिक सहयोग गर्नुहुने डा.राघवप्रसाद धिताल ओबिई, डा.जनककुमारी धिताल, खगेन्द्र नेपाली, कृष्ण भट्ट, ध्रुव केसी, घनबहादुर थापामगर, कृष्णा थापामगर, हरिसिंह थापा, देवकुमारी थापा, रेशम अर्याल, मनोज अन्जान, गोकुल भण्डारी, ज्ञानेन्द्र राउत, कोहिनूर मल्ल, सीतू खरेल, वाचस्पति रेग्मी, नविन पोखरेल, शिव भण्डारी, सबैको सहयोगको सराहना गर्दै धन्यवाद प्रस्ताव पारित गरेको अध्यक्ष मल्ले जानकारी दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!