भावेश र प्रणिताको ‘भावलिपि’ सहित मदन पुरस्कार २०८० को श्रेष्ठ सूची सार्वजनिक

SHARE:

काठमाडौँ २३ जुलाई २०२४ । भावेश भुमरी र प्रणिता चामलिङको ‘भावलिपि’ सहित मदन पुरस्कार २०८० को श्रेष्ठ सूची सार्वजनिक भएको छ।

मदन पुरस्कार गुठीले मंगलबार पाँच कृतिहरू छनोट गरी श्रेष्ठ सूची सार्वजनिक गरेको हो। गुठीका अध्यक्ष कुन्द दीक्षितका अनुसार प्राप्त कुल ३०४ कृतिमध्ये पाँच उत्कृष्ट कृति छानिएको हो। यी पाँचमध्ये एकले सर्वश्रेष्ठ कृतिको रूपमा २०८० सालको मदन पुरस्कार प्राप्त गर्नेछ।

छनोटमा परेका कृतिमा भक्त स्याङ्तानको ‘डम्फुको आत्मालाप’, जीवन क्षेत्रीको ‘नुन–तेल’, भावेश भुमरी र प्रणिता चामलिङको संयुक्त लेखन रहेको ‘भावलिपि’, मोहन मैनालीको ‘मुकाम रणमैदान’ र रोशन थापा ‘नीरव’को ‘सन्त्रासका साठी दिन’ अन्तिम सूचीमा परेका हुन्।

२०७९ सालको मदन पुरस्कार विवेक ओझाको उपन्यास ‘ऐँठन’ले प्राप्त गरेको थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!