बेलायतमा आगामी महिना प्रतिभा नक्षत्रको पाँचौँ संस्करण हुने

SHARE:

लन्डन २६ जुलाई २०२४। बेलायतमा आगामी महिना प्रतिभा नक्षत्रको पाँचौँ संस्करण हुने भएको छ ।

लन्डनको प्लमस्टिडमा रहेको ‘एसियन कम्युनिटी हल’मा २६ अगस्टमा कार्यक्रम हुन लागेको हो । बेलायतमा हुने अन्य कार्यक्रमभन्दा भिन्न यस कार्यक्रमलाई बालबालिकाले आफ्नो प्रतिभा देखाउन पाउने अवसरको रूपमा लिने गर्छन् ।

कार्यक्रममा सहभागी हुन इच्छुक प्रतियोगीले अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । आयोजक संस्था प्रतिभा नक्षत्रका अनुसार नृत्य, गायन, अभिनय, व्यंग्यजस्ता कलाको भिडियो खिचेर पठाएपछि निर्णायकले उत्कृष्ट प्रतिभालाई फाइनलमा बोलाउनेछन् ।

बेलायत र विश्वभर रहेका नेपाली भाषा, कला र संस्कृतिलाई माया गर्ने बालबालिकाको प्रतिभा प्रदर्शन गर्ने उद्येश्यले यो कार्यक्रमको आयोजना गर्न लागिएको प्रतिभा नक्षत्रका सदस्य राजेन्द्र खसले जानकारी दिए । उनका अनुसार बालबालिका तथा युवा गरी दुई समूहमा प्रतिस्पर्धा गराइनेछ । युथ नक्षत्रमा १२-१९ वर्ष उमेर समूह र बाल नक्षत्रमा  ६-११ वर्ष उमेर समूहका बालबालिकाले भाग लिन पाउनेछन् ।

युवातर्फ पहिलो र दोस्रो र तेस्रो हुनेले क्रमशः ७००, ६०० र ५०० पाउन्ड तथा बालतर्फ ५००, ४०० र ३०० पाउन्ड नगद पुरस्कार प्राप्त गर्नेछन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!