बेलायतमा छैटौँ ‘अनलिस योअर इनर सेल्फ’ कार्यक्रम सम्पन्न

SHARE:


लन्डन ३० जुलाई २०२४ । बेलायतमा छैटौँ ‘अनलिस योअर इनर सेल्फ’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।

ग्रेटर रशमोर नेपाली कम्युनिटी युकेका अध्यक्ष मान गुरुङद्वारा सञ्चालित कार्यक्रम अल्डरसटस्थित डी लाउन्ज रेस्टुरेन्टमा २८ जुलाई २०२४ मा भएको हो । कार्यक्रममा नेपालबाट आएका चेतना प्रशिक्षक इन्द्र गुरुङ, क्लिनिकल साइकोलोजिस्ट राजी श्रेष्ठ गुरुङ र सहायक प्रशिक्षक रोनाल्ड गुरुङले प्रशिक्षण दिएका थिए ।

शारीरीक, मानसिक, भावनात्मक, सामाजिक, वित्तीय र आध्यात्मिक विषयलाई समेटेर सम्बन्धित व्यक्तित्वले बोलेका थिए । आयोजक मान गुरुङले उपस्थित सबैलाई धन्यावाद दिँदै कार्यक्रमको दृष्टि, लक्ष्य, उद्देश्य र मिसनका बारे प्रस्टाएका थिए ।

सुरुआतमा सयपत्री कल्चरलका कविता घर्ती मगर गुरुङको निर्देशनमा नृत्य प्रस्तुतका साथै सबैलाई नचाइएको थियो । राजी श्रेष्ठ गुरुङले ‘कसरी हामी आफ्नै भाग्य वा ठूलो लक्ष्यको च्याम्पियन हुन सकिन्छ’ विषयमा अति नै रोचक ढंगले प्रस्तुति राखेका थिए । जीवन चक्रबारे विस्तृत वर्णन गरिएको थियो । जीवन सन्तुलन निर्माण कसरी गर्ने बारे पनि बोलेका थिए ।

इन्द्र गुरुङले उक्त दिनको मुख्य विषय ‘अनलिस योअर इनर सेल्फ’लाई मूर्तरूप दिँदै प्रत्येक व्यक्तिलाई जीवनमा के कुराले रोकि राखेको छ ? त्यसलाई तोडिएमा के अनुभव लिन सकिन्छ ? आदि कुरा समेटेर काठको फट्टामा आगो बालेर फुटाउने अभ्यास गराए ।

धेरै जनाले आफ्नो मनमा भएको गाँठो फुकाएर भिन्दै अनुभव भएको बताए । युनिभर्सिटी विद्यार्थी जेसीका क्षेत्री र बीएए आर्ट सकेका सन्ध्या गुरुङ जस्ता नवयुवाले पनि फट्टा फुटाउनेमा भाग लिएर नौलो अनुभव भएको बताए । कसरी सम्पूर्ण प्रणाली रूपान्तरण गर्ने, दृश्य अदृश्य नेतृत्व प्रभाव, भिजन, मिसन, भ्येलुज र आदि विषयमा इन्द्र र राजीले प्रशिक्षण दिएका थिए ।

आध्यात्मिक साधक प्रकाश गुरुङले जीवनलाई आनन्दित बनाउने माध्यमबारे बोल्दै ओशो डाइनमिक मेडिटेसनको उदाहरण देखाएका थिए । रि. लेफ्टिनेन्ट कर्णेल टोल काम्चाले लचिलो नेतृत्वबारे बोलेका थिए ।

प्रोपर्टी इन्भेस्टर हरि कुमार गुरुङले हाउस इन मल्टी अकुपेसनको फाइदा बेफाइदा र कसरी सञ्चालन गर्न सकिन्छ भन्नेबारे आफ्नो अनुभव राखेका थिए । डा. जीत तामाङले कसरी मानसिक र शारीरिक रूपमा स्वस्थ हुन सकिन्छ भन्नेबारे बोलेका थिए ।

कलाकार दिनेश गुरुङको बाँसुरी धुनले छुट्टै खालको रौनक थपिएको थियो । जिरोबाट हिरो हुन सफल व्यवसायी योगेनबहादुर क्षेत्रीको सफलताबारे चाखलाग्दो प्रस्तुति राखेका थिए ।

स्पिकरहरु सबैलाई आयोजक मान गुरुङले खादा लगाएर धन्यवाद दिए । कार्यक्रम सञ्चालन डा. विशाल गुरुङले गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!