फोनिजको रजत वर्ष : ८ पत्रकार पुरस्कृत, क-कसले पाए सम्मान र पुरस्कार ?

SHARE:

काठमाडौं ११ अगस्ट २०२४ । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) को रजत वर्षको अवसरमा विभिन्न शीर्षकमा ८ जना पत्रकारहरु पुरस्कृत भएका छन् ।

आइतबार काठमाडौंमा आयोजित समारोहमा फोनिज राष्ट्रिय पत्रकारिता सम्मान-२०८१ बाट विजयराज तुलाधर, पुष्पहरि क्याम्पा राई र लौव अग्रासन (थारु) पुरस्कृत भएका हुन् । त्यस्तै फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सटेन्द्र जबेगु, विष्णु तामाङ र खिमा गुरुङलाई सम्मान गरिएको छ ।

फोनिज मलेसिया सम्मान २०८१ बाट रेखीराम रानामगर र पुनम महतो चौधरीलाई पुरस्कृत गरिएको छ ।

  • फोनिज राष्ट्रिय पत्रकारिता सम्मान २०८१ – विजयरत्न तुलाधार (अनलाईन) ललितपुर
  • फोनिज राष्ट्रिय पत्रकारिता सम्मान २०८१ – पुष्पहरि क्याम्पा राई (टेलिभिजन) ओखलदुङ्गा
  • फोनिज मातृभाषा पत्रकारिता सम्मान २०८१ – लौव अग्रासन (थारु) दाङ
  • फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार २०८१ – सटेन्द्र जबेगु (अनलाईन) ईलाम
  • फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार २०८१ – विष्णु तामाङ (छापा) काठमाडौं
  • फोनिज राष्ट्रिय पत्रकातिा पुरस्कार २०८१ – खिमा गुरुङ (रेडियो) कास्की

फोनिज राष्ट्रिय पत्रकारिता सम्मानमा नगद राशी पुरस्कार रु. २५,०००।– (पच्चिस हजार) र फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कारमा नगद राशि रु. २०,०००।– (बीस हजार) रहेको छ ।

फोनिजले आफ्नो स्थापना दिवस (साउन २७)मा हरेक वर्ष सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको छ । यस वर्ष फोनिज स्थापनाको २५ वर्ष पूरा गरी २६ वर्ष प्रवेश गरेको अवसरमा स्थापना दिवस तथा रजत वर्ष समारोहमा पुरस्कार तथा सम्मान प्रदान गरेको हो ।

समारोहमा सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधानको व्यवस्थालाई आदिवासी जनजातीले प्रयोग गर्न नजानेको बताएका छन् । कतिपय स्थानमा विशेषाधिकार दिएको भन्दै उनले प्रयोग गर्न आग्रह गरे । अन्य मुलुकको तुलनामा नेपालका आदिवासी जनजातीले अग्राधिकार पाएको भन्दै यसलाई सदुपयोग गर्न पनि उनले आग्रह गरे ।

फोनिजका अध्यक्ष गजुरधन राईले संविधानले नै समावेशी सिद्धान्त अंगीकार गरे पनि आदिवासी जनजाती समुदायका पत्रकारले अझै संघर्ष गर्नुपरेको बताए । उनले पत्रकार महासंघको सदस्यता लिनबाट समेत बञ्चित हुनुपरेको उल्लेख गरे ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!