नेपाल–बेलायतको पत्रकारिताबारे अन्तक्र्रिया

SHARE:

एटा संवाददाता
अल्डरसट । नेपाल र बेलायतमा क्रियाशील पत्रकारहरुबीच अन्तक्र्रिया कार्यक्रम गरिएको छ ।

नेपाल पत्रकार महासंघ युके, एभरेस्ट टाइम्स, प्रेस युनियन युके र आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेको संयुक्त आयोजनामा अल्डरसटस्थित एक रेस्टुरेन्टमा १५ सेप्टेम्बरमा अन्तक्र्रिया कार्यक्रम गरिएको हो । पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपाङ्गी मगरको अध्यक्षतामा भएको कार्यक्रमका सहभागीले नेपाल र बेलायतको पत्रकारिताको अनुभव र अवस्थाबारे बोल्दै व्यावसायिक पत्रकारिता गर्नुपर्ने बताए । त्यस्तै, गत भदौ १ गतेदेखि लागू भएको नयाँ कानुनले पत्रकारिता क्षेत्रमा असर पारेकोले त्यसको संशोधनको आवश्यकतामा समेत उनीहरुले जोड दिएका थिए ।

कार्यक्रममा वरिष्ठ पत्रकार एवं कान्तिपुर डेल्ली अनलाइनका सम्पादक खिम घले, फोनिज केन्द्रीय अध्यक्ष डण्ड गुरुङ, पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, प्रेस युनियनका उपाध्यक्ष रमेश पौडेल, एभरेस्ट टाइम्सका अध्यक्ष मे.रि. कुलबहादुर थापा, प्रबन्ध निर्देशक दुत पुन, तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङ, कान्तिपुरका पत्रकार टीकाराम तामाङ, नवीन पोखरेलको उपस्थिति थियो । त्यस्तै प्रेस युनियन युकेका संयोजक विपिन पोखरेल, पत्रकार महासंघ युकेका वरिष्ठ उपाध्यक्ष श्याम लुइँटेल, प्रेस यूनियन युकेका संयोजक विपिन निरौला, एनआरएनए युकेका उपमहासचिव विनय अधिकारी, नेपाल पत्रकार महासंघ युकेका सचिव पूर्णबहादुर गुरुङ, फोनिज युकेकी अध्यक्ष प्रमिला लाबुङ राई, सचिव जमुना पुन, तमुधिं युकेकी आमा समूहकी अध्यक्ष प्रेमाकुमारी गुरुङलगायत सहभागी थिए ।
एभरेस्ट टाइम्सका अध्यक्ष मे.रि. थापाले स्वागत मन्तव्य राखेको कार्यक्रम पत्रकार महासंघ युकेका महासचिव सञ्जयभक्त कँडेलले चलाएका थिए ।

पत्रकारको स्वागत र बिदाइ
यसैबीच, बेलायत भ्रमणमा रहेका पत्रकारहरुलाई पत्रकार महासंघ युके, एभरेस्ट टाइम्स, प्रेस युनियन युके र फोनिज युकेले स्वागत सम्मान गरेका छन् । द प्यालेस रेस्टुरेन्ट अल्डरसटमा आयोजित अन्तक्र्रिया कार्यक्रमका अवसरमा पत्रकारहरु खिम घले, डण्ड गुरुङलगायत स्वागत र रामकृष्ण ज्ञवाली, रमेश पौडेललाई बिदाइ गरिएको थियो । उनीहरु गत सेप्टेम्बर ७ मा आयोजित एभरेस्ट टाइम्सको दसौं वार्षिकोत्सवक कार्यक्रममा भाग लिन बेलायत आएका हुन् । ज्ञवाली र पौडेल १६ सेप्टेम्बरमा नेपाल फर्किइसकेका छन् भने अन्य पत्रकार २१ सेप्टेम्बरमा फर्कने कार्यक्रम छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!