लन्डन ९ सेप्टेम्बर २०२४ । बेलायतमा यही २२ सेप्टेम्बर २०२४ मा १५८ औँ मोती जयन्ती मुक्तक तथा गजल वाचन कार्यक्रम हुँदै छ ।
नेपाल मुक्तक प्रतिष्ठान युके र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायत च्याप्टरको सहआयोजनामा आइतबार २२ सेप्टेम्बरमा मोती जयन्ती मुक्तक तथा गजल वाचन कार्यक्रम हुन लागेको हो । नेपाल मुक्तक प्रतिष्ठान केन्द्रका उपाध्यक्ष बियोगी बुढाथोकीको प्रमुख आतिथ्यतामा हुने कार्यक्रम मोनास्ट्री नेप्लिज कुजिन लन्डनमा हुनेछ ।
कार्यक्रममा सहभागी हुन बेलायतवासी सबै साहित्य अनुरागी र साहित्यकारहरूलाई आफ्नो रचना पनि लिएर आउन आयोजकले निमन्त्रण गेका छन् । ‘यही २२ सेप्टेम्बर २०२४ आइतबार नेपाल मुक्तक प्रतिष्ठान युके र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायत च्याप्टरको सहआयोजनाद्वारा हुन गइरहेको १५८ औँ मोती जयन्ती – मुक्तक तथा गजल वाचन कार्यक्रममा सहभागी हुन बेलायतवासी हजुर सबैजना साहित्य अनुरागी र साहित्यकारज्यूहरूलाई आफ्नो रचना पनि लिएर आउनु हुन हार्दिक निमन्त्रण गर्दंछौँ,’ साहित्यकार माया गुरुङले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन् ।






