पहिचान पुरस्कारका लागि उत्कृष्ट ८ वटा पुस्तकहरु छानिए (सूची)

SHARE:

लन्डन १० सेप्टेम्बर २०२४ । पहिचान पुरस्कार कोषले २०८० को लागि उत्कृष्ट ८ वटा पुस्तकहरु छनोट गरेको छ । जसमा उत्कृष्ट छनोट गरिएका पुस्तकहरु सिलीदुङः गीलु रातोस, गोपीचाः विश्व कुइँकेल, आगोको पिदारः मिथोच, ओ पेङ्दोर्जेः राजु स्याङ्तान, चिया गफः प्रविण खालिङ (भारत), सपनाहरुको बहीः अभागी थेगुवा, मुन्दुम ट्रेलः श्याम सामसोहाङ राई, त्यसरी त कहिल्यै सोचिएनः निर्भीकजंग रायामाझी रहेको छ ।

यसभन्दा अगाडि ११ वटा कृतिहरुले पहिचान पुरस्कार पाइसकेको छ भने पहिचान सम्मानबाट लेखक तथा राजनीतिक विश्लेशक खगेन्द्र संग्रौला सम्मानित भएको छ ।

राजन मुकारुङको निबन्धसंग्रह ‘फेरिदो सौन्दर्य’, अर्जुन खालिङको कवितासंग्रह ‘गोयङको सुगन्ध’, यज्ञशको कथासंग्रह ‘भुइया’, सरस्वती प्रतिक्षाको उपन्यास ‘नथिया’ र उन्मुक्त पुस्ताको कवितासंग्रह ‘आफर’लाई संयुक्त प्रदान गरेको छ ।

त्यसैगरी श्याम शाहको कथासंग्रह पथेर र अनन्त वाग्लेको उपन्यास कदम, अर्जुनबाबु माबोहाङ र अमित थेवे मिहाङद्वारा सङ्कलित ‘सिरिजंगा, फाल्गुनन्द र ईमानसिंह चेम्जोङका लेखोट’ र कविता राईको ‘गुरु’ त्यसैगरी प्रगति राईको उपन्यास ‘थाङ्ग्रा’ र प्रकाश गुरागाईंको कृति ‘जङ्क्सन पिपलबोट (नयाँ सडकको कथा)’ लाई संयुक्त रुपमा पुरस्कार प्रदान गरिसकेको छ ।

पुरस्कार राशि ४ लाख २ हजार २ रुपैयाँ रहेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!