इजरायलीद्वारा गाजामा आक्रमण, एकै परिवारका ११ जनाको मृत्यु

SHARE:

गाजा १४ सेप्टेम्बर २०२४ । गाजा सहरको एउटा घरमा भएको इजरायली हवाई आक्रमणमा महिला र बालबालिकासहित एकै परिवारका ११ जनाको मृत्यु भएको छ ।

पूर्वी गाजा सहरमा बुस्तान परिवारको घरमा भएको इजरायली आक्रमणबाट चार बालबालिका र तीन महिलासहित ११ जनाको शव फेला परेको गाजाको नागरिक सुरक्षा विभाग विभागका प्रवक्ता महमुद बस्सलले बताएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । गाजा सहरको अल–तुफाहमा रहेको सुजैया विद्यालय नजिकै आक्रमण भएको उनले बताए ।

इजरायली सेनाले आक्रमणबारे तत्काल कुनै टिप्पणी गरेको छैन । बस्सलले इजरायली सेनाले हमासद्वारा सञ्चालित क्षेत्रका केही अन्य भागमा रातारात यस्तै आक्रमण गर्दा कम्तिमा १० जनाको मृत्यु भएको बताएका छन् । उत्तरपश्चिमी गाजा सहरमा दार अल–अर्काम विद्यालय नजिकै मानिसको भीडमा हवाई आक्रमण हुँदा पाँच जनाको मृत्यु भएको उनले जानकारी दिएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!