न्युयोर्कमा रहेकी परराष्ट्रमन्त्री राणा भन्छिन् – ‘विदेशमा रहेका नेपालीको योगदान महत्त्वपूर्ण’

SHARE:

वासिङटन २८ सेप्टेम्बर २०२४ । नेपालककी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले विभिन्न पेसा, व्यवसाय, अध्ययन तथा विविध कामको सिलसिलामा विदेशमा बस्दै आएका नेपालीले नेपाललाई ठूलो सहयोग गर्दै आएको बताएकी छन् । नेपालमा आइपरेका अनेकन विपत्तिको घडीमा विदेशी भूमिमा रहेका नेपालीले महत्त्वपूर्ण सहयोग गर्दै आएको उनको भनाइ छ ।

न्युयोर्कमा जनसम्पर्क समिति अमेरिकाले आयोजना गरेको छलफलमा मन्त्री राणाले भनिन् , “विदेशमा बस्ने नेपालीले भूकम्प, कोरोना महामारी तथा अन्य कतिपय अवस्थामा उल्लेखनीय सहयोग गर्नुभएको छ ।”

मन्त्री राणाले एनआरएनभित्र देखापरेका विभिन्न विवादका कारणले केही असर परेको भए पनि डायस्पोरा समेट्ने गरी मन्त्रालयमा एउटा अलग्गै इकाइ बनाएर काम गर्ने आश्वासन दिइन् । उनले अमेरिकामा रहेका नेपालीलाई केकसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा सल्लाह र सुझाव पेस गर्न आग्रह गरिन् ।

कार्यक्रममा जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्ट र एनआरएन अमेरिकाका पूर्वअध्यक्ष खगेन्द्र जिसीले यहाँ रहेका नेपालीका समस्याका बारेमा जानकारी गराएकी थिइन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!