नेपाल र भारतका पत्रकार महिलाको साझा सञ्जाल बनाउनुपर्नेमा जोड

SHARE:

नयाँ दिल्ली २९ सेप्टेम्बर २०२४ । नेपाल र भारतका पत्रकार महिलाले आफ्ना साझा समस्या समाधानका लागि सञ्जाल बनाउनुपर्नेमा जोड दिएका छन् ।

इनिसियटिभ्स अफ मिडिया वुमन (आईएम डब्लु) ले भारतस्थित नेपाली राजदूतावासको बीपी कोइराला फाउन्डेशनको सहयोगमा प्रेस क्लब अफ इन्डियामा आयोजित कार्यक्रममा नेपाली पत्रकार महिला र भारतीय पत्रकार महिलाले भोग्नु परेका चुनौतीबारे छलफल गरेका थिए ।

भारतका लागि नेपाली कार्यवाहक राजदुत डा. सुरेन्द्र थापाले हरेक क्षेत्रमा महिला पत्रकारको प्रत्यक्ष सहभागिता बढाउन जरुरी रहेको बताउँदै यसको लागि पत्रकारिताले अहम भूमिका खेल्न सक्ने बताए । उनकाअनुसार दूतावासले हरेक कार्यक्रममा महिलाको सहभागिता र सहकार्यमा उत्साहित भएर काम गर्दै आएको हो ।

डा.थापाले आफू नेपाल र भारतका सांस्कृतिक गतिविधिका कार्यक्रमलाई नयाँ ढंगले अघि बढाउन चाहेको भन्दै केही दिन अघि दूतावास परिसरमा रामलिलाको मन्चन गराएर सकारात्मक सन्देश दिन खोजेको बताए । राम सीताको मिलनले दुई देश बीचको सम्बन्ध थप विस्तार भएको भन्दै उनले परिसरभित्रै यस्ता गतिविधि बेलाबेला गर्दै आएको बताए ।

त्यस्तै, इन्डियन वुमेन प्रेस कर्पस्का अध्यक्ष पारुल शर्माले भारतमा महिला पत्रकारको वृद्धि संख्या विस्तारै बढ्दै गए पनि स्वतन्त्र रुपमा काम गर्ने वातावरणमा विभिन्न चुनौती खेप्नु परेको बताए । नेपाल र भारत बीचका पत्रकारले सहकार्य गरी एउटा सञ्जाल बनाउन सकिने विचार व्यक्त गरे ।

प्रेस क्लब अफ इन्डियाका अध्यक्ष गौतम लहरीले दुई देश बीचको नागरिक सम्बन्धलाई बलियो बनाउन यस्तो खाले छलफल आवश्यक हुने बताए । क्लबले पत्रकार महिलाको वृद्धि र विकासका टेवा पुर्‍याउन सधै तत्पर रहेको समेत सुनायो ।
इनिसियटिभ अफ मिडिया वुमन (आईएम डब्लु) का महासचिव कविता अधिकारीले लोकतान्त्रिक विकास दुवै देशमा भएपनि महिला र भारतका पत्रकारको अवस्था उस्तै रहेको बताइन् ।

अनुसन्धानकर्ता वेद प्रसाद शर्माले नेपाल र भारतका पत्रकार महिलाको साझा विचार विमर्श गर्न सञ्जाल निर्माण गर्न जरुरी रहेको बताए ।

अन्तरक्रिया कार्यक्रममा पत्रकार अदिति भाल, गीता श्री, पल शर्मा, ऋचा जैन, समृद्धि भट्नाकर, नीलम जिना, शोभा जैन, अन्जु ग्रोबर, आनन्द के सहाय, सञ्जय झा, नेपाली पत्रकार आकांक्षा शाहलगायत ३० जना पत्रकार महिलाले कार्यक्षेत्रमा देखिएका समस्या र अनुभव आदानप्रदान गरेका थिए ।

पारिवारिक सहयोग, क्षमता अभिवृद्धि, समान सेवा सुविधा तथा कार्यक्षेत्रमा महिलामैत्री वातावण स्थापित गर्न सकेको खण्डमा यस्ता समस्या केही हदसम्म कम हुँदै जानेमा सबै सहभागिहरुको जोड थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!