बेलायतमा कन्जरभेटिभ पार्टी सदस्य बर्मिङ्घममा भेला, के-के छन् एजेन्डा ?

SHARE:

लन्डन २९ सेप्टेम्बर २०२४ । बेलायतको विपक्षी कन्जरभेटिभहरू आइतबार वार्षिक सम्मेलनका लागि भेला भएका छन् । लेबर पार्टीले टोरीलाई सत्ताबाट हटाएको तीन महिनापछि मध्य इङ्ल्यान्डको बर्मिङ्घममा चार दिने बैठक आयोजना गरेको हो ।

सन् २००९ पछि कन्जरभेटिभ्स विपक्षमा रहेर यो पहिलो सम्मेलन हो । भेलामा चार जना उम्मेदवारले संसदीय सहकर्मी र ग्रासरुटका सदस्यहरूको अगाडि आफ्ना भनाई राख्नेछन् र उनीहरूलाई पूर्व–प्रधानमन्त्री ऋषि सुनकलाई अर्को टोरी नेताको रूपमा प्रतिस्थापित गर्न सहमत गराउने प्रयास गर्नेछन् ।

बेलायतको दोस्रो ठूलो सहरस्थित इन्टरनेसनल कन्भेन्सन सेन्टरको मुख्य हलमा केमी बाडेनोच, रोबर्ट जेनरिक, जेम्स क्लेभरली र टम टुगेन्धाटले भेलालाई सम्बोधन गर्नेछन् । युनिभर्सिटी अफ म्यानचेस्टरका राजनीतिका प्राध्यापक रोबर्ट फोर्डले एएफपीसँग भने, “ भेला अनिवार्य रुपमा हुने ‘ट्यालेन्ट परेड’ हुनेछ ।

कन्जरभेटिभ पार्टीका सांसदहरूले अन्तिम दुई उम्मेदवारको टुङ्गो लगाउन अर्को हप्ता मतदान गर्नेछन् । त्यसपछि अक्टोबरको अन्त्यमा बन्द हुने मतदानमा पार्टीका सदस्यहरूले विजेता चयन गर्नेछन् ।

बेलायतको नयाँ विपक्षी नेता र पार्टीलाई पुनः एकताबद्ध गर्ने र पुनः निर्वाचित गराउने जिम्मेवारी पाउने नेताको चयन भेलाले गर्नेछ यद्यपि, यसको घोषणा नोभेम्बर २ गरिने छ । जुलाई ४ मा कन्जरभेटिभ्सको अहिलेसम्मकै सबैभन्दा खराब आम चुनावको परिणामपछि पार्टीले य नेतृत्वमा जो आए पनि दायाँबायाँ अगाडि बढ्ने वा सिधै अघि बढ्ने निर्णय गर्नेछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!