एनआरएनएद्वारा प्राकृतिक प्रकोपपीडित १ सय २० परिवारलाई राहत वितरण

SHARE:


काठमाडौँ ६ अक्टोबर २०२४ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले काठमाडौँको दक्षिणकाली नगरपालिका र मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित सिस्नेरीमा बाढी, डुबान तथा पहिरोबाट प्रभावित एक सय २० परिवारलाई राहत वितरण गरेको छ ।

बाढी, डुबान तथा पहिरोका कारण प्रभावित दक्षिणकालीका ५० परिवार तथा इन्द्रसरोवर गाउँपालिको सिस्नेरीका ७० परिवारलाई खाद्य सामग्री, लत्ताकपडा, कम्बल, म्याट्रेस, त्रिपाल, सोलार बत्तीलगायत सामग्री वितरण गरिएको हो । स्थानीय तहसँग समन्वयपश्चात् दुवै जिल्लाका अति प्रभावितलाई राहत वितरण गरिएको सङ्घले जनाएको छ ।

यसअघि सङ्घले अविरल वर्षापछि आएको बाढी, डुबान तथा पहिरो प्रभावितका लागि रु एक करोड सहयोग गर्ने घोषणा गरेको थियो । पहिलो चरणमा आज दक्षिणकाली नगरपालिका र मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको सिस्नेरीमा राहत वितरण गरिएको हो ।

सोमबार काभ्रेपलाञ्चोकको पनौती नगरपालिका र बुधबार ललितपुरको ठोस्नेखोलामा पीडित परिवारलाई राहत वितरण गर्ने सङ्घले जनाएको छ । सङ्घले तराईका विभिन्न जिल्लामा पनि राहत वितरणका लागि स्थानीय तहसँग समन्वय गरिरहेको जनाएको छ ।

यस्तै, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सङ्घले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । सिस्नेरीमा आज आयोजित कार्यक्रममा नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, प्रतिनिधिसभामा नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलालगायतले राहत वितरण गर्नुभएको थियो ।

राहत वितरण टोलीमा सङ्घका अध्यक्ष डा बद्री केसी, उपाध्यक्ष रोजिना प्रधान राई, उपाध्यक्ष रामशरण सिम्खडा, उपमहासचिव सोम सापकोटा, सहकोषाध्यक्ष कृष्णप्रसाद तिमिल्सिना, हेमन्त काफ्ले, राजकुमार थापा, रतन झा, अतुल कोइराला, धर्मराज गिरी, समिरा केसी, स्वयम्भूराज डङ्गोल, प्रदीप खनाल क्षेत्री, सीता खतिवडा, राजेन्द्रकुमार राउत, कुनाल मिश्रलगायत रहेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!