एनआरएनए अध्यक्ष डा केसी र अस्ट्रेलियाली राजदूत र उप–मिशन प्रमुखबीच भेटवार्ता

SHARE:

काठमाडौं ९ अक्टोबर २०२४ । काठमाडौँस्थित अस्ट्रेलियाली दूतावासमा मगलबार संघका अध्यक्ष डा. बद्री केसी र राजदूत लियन जोनस्टन तथा -मिशन प्रमुख श्री ग्रेग क्लेमबीच भेट भएको छ । सो अवसरमा अस्ट्रेलियामा भिसा कार्यालयको लागि लबिङ, अस्ट्रेलियाली अर्थतन्त्रमा प्रवासीको योगदानको मान्यता, छात्रवृत्ति अवसरको वृद्धि, सांस्कृतिक आदानप्रदान, व्यापार र द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउने योजनाहरूमा चर्चा भएको केसीको सचिवालयले जनाएको छ ।

यस्तै विद्यार्थहरूको लागि प्री- डेपाचर ओरिएन्टेशनको व्यवस्था, आगामी अन्तर्राष्ट्रिय महिलाहरूको सम्मेलनको योजना लगायतमा पनि छलफल भएको छ । यो भेटले नेपाल र अस्ट्रेलियाबीचको सम्बन्धलाई थप सुदृढ पार्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

उक्त भेटका क्रममा संघका अध्यक्ष डा केसीसँगै प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउत पनि उपस्थित थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!