बेलायती विदेशमन्त्री ल्यामीले यसै साता चीन भ्रमण गर्ने

SHARE:

लन्डन १७ अक्टोबर २०२४ । बेलायती विदेशमन्त्री डेभिड ल्यामीले यसै साता चीनको भ्रमण गर्ने बेइजिङले बिहीबार जनाएको छ । “बेलायतका विदेश, कमनवेल्थ र विकास मामिलामन्त्री डेभिड ल्यामीले अक्टोबर १८ देखि १९ सम्म चीनको औपचारिक भ्रमण गर्नुहुनेछ,” चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

गत जुलाईमा प्रधानमन्त्री केइर स्टार्मर निर्वाचित भएयता बेलायतका कुनै पनि वरिष्ठ अधिकारीको यो पहिलो भ्रमण हो । विदेशमन्त्रीको भ्रमण तय हुनुपहिले स्टार्मरले जेलमा रहेका व्यवसायी जिमी लाईलाई हङकङको जेलबाट मुक्त गर्न आग्रह गरेका थिए।

चीनले प्रेस स्वतन्त्रतामाथि गरेको दमन र हङकङमा भएको विरोध प्रदर्शनको बेलायतले आलोचना गर्दै आएको छ । गत हप्ता लाइको कानुनी टोलीले लण्डनमा पत्रकारहरूसँग बताएअनुसार ल्यामीले आफ्नो भ्रमणको क्रममा लाइको मुद्दालाई ‘प्रमुख रूपमा’ राख्नुहुनेछ । माओले लामीको भ्रमणको घोषणापछि बिहीबार आयोजित नियमित ब्रिफिङमा भने।

स्टार्मरले यसै साता चीनले आफ्नो स्वायत्त क्षेत्र दावी गर्दै आएको ताइवान स्ट्रेटमा विशाल सैन्य अभ्यास ‘शान्ति र स्थिरताका लागि अनुकूल नभएको’ बताउनुभएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!