विनेसामको साहित्यिक विश्व सम्मेलन हुँदै

SHARE:

विजय हितान मगर – बेलायत

विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको आयोजनामा यही कार्तिक १० र ११ गते सम्माननीय प्रधानमन्त्रीज्यूको प्रमुख अतिथ्यमा होटल आनन्द पशुपति गौसला काठमाडौँमा दुई दिने “साहित्यिक विश्व सम्मेलन” हुने तयारी अन्तिम चरणमा पुगेको कुरा महासङ्घका केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीले जानकारी गराउनु भएको छ । विश्वका विभिन्न देशको सहभागिता रहने उक्त कार्यक्रममा एकै साथ १४ वटा पुस्तकहरूको लोकार्पण हुनेछ भने राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका विभिन्न विशिष्ट व्यक्तित्वहरूलाई पुरस्कृत एवम् सम्मानित पनि गरिने छ । एकैसाथ लोकार्पण हुने १४ वटा पुस्तकहरू यस प्रकार रहेका छन् ।
१. विश्व नेपाली साहित्य महासङ्घको नियमित प्रकाशन “साहित्य संसार साहित्यिक वार्षिक”
२. विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखाको मुखपत्र “नेपाल दर्पण”
३. विश्व नेपाली साहित्य महासङ्घ लुम्बिनी प्रदेशको मुखपत्र “लुम्बिनी दर्पण”
४. विश्व नेपाली साहित्य महासङ्घ कर्णाली प्रदेशको मुखपत्र “कर्णाली दर्पण”
५. विनेसामको प्रकाशन सचिव डा. मनमूर्ती भुर्तेलको कविता सङ्ग्रह “बुद्धको देशमा”
६. विनेसामको प्रकाशन संगठन सचिव तथा नेपाल शाखाकी अध्यक्ष कल्पना पौडेल जिज्ञासुको कृति “कल्पध्वनी”
७. विनेसामको प्रकाशन केन्द्रीय कोषाध्यक्ष डा. केबि पौडेलको “मेरो कथा”
८. विनेसाम भारत शाखाको प्रकाशन केन्द्रीय सदस्य देविका मंग्राती राईको कृति “काव्यप्रेक्षण”
९. विनेसामको प्रकाशन लुम्बिनी प्रदेश अध्यक्ष लेकप्रसाद प्याकुरेलको कृति “बाँकेका नारी स्रष्टा र सिर्जना”
१०. विनेसामको प्रकाशन लुम्बिनी प्रदेश कोषाध्यक्ष इन्दिरा गौतम निर्भिकको कृति “इन्दु”
११. कल्पना फाउन्डेशनको “कल्पाङ्कुर”
१२. विनेसामको प्रकाशन हिन्दी साहित्यकार डा गोकुल क्षत्रीयको हिन्दी कविता सङ्ग्रह “धूप-छांव”
१३. शिखरकवि शैलेन्द्र साकारको “साकार समय”
१४. शिखरकवि शैलेन्द्र साकारको “मनको कुनै कुना”

त्यसैगरी पुरस्कृत हुने स्रष्टाहरूमा वर्षको उत्कृष्ट पर्या कविता तर्फ-
१. श्री किशन पौडेल, हेटौँडा प्रथम- रु १५,००० र प्रमाणपत्र
२. श्री समीप बैरागी, रोल्पा द्वितीय – रु १०,००० र प्रमाणपत्र
३. श्री भारती न्यौपाने, काठमाडौँ तृतीय- रु ५,००० र प्रमाणपत्र ।

त्यसैगरी सम्मानित हुने व्यक्तित्वहरू-
८ हजार मिटरभन्दा अग्ला नेपालका ८ हिमालहरूको नाममा गरिने ८ साहित्यदूत सम्मान:
१. साहित्यदूत सगरमाथा- प्रा.डा. गङ्गाप्रसाद प्रसाईँ कुलपति त्रिपुरा विश्वविद्यालय, भारत
२. साहित्यदूत कन्चनजंघा- प्रा.डा. सञ्जीव उप्रेती, वरिष्ठ लेखक समालोचक, काठमाडौँ
३. साहित्यदूत ल्होत्से- डा. शंकरदेव ढकाल, संयोजक भारतीय साहित्य एकेडेमी परामर्श समिति, दिल्ली
४. साहित्यदूत मकालु- प्रा.डा. कृष्णप्रसाद घिमिरे, अर्घाखाँची, सेवा आयोग सदस्य, लुम्बिनी प्राविधिक विश्वविद्यालय तथा पूर्व विभाग प्रमुख त्रिभुवन विश्वविद्यालय केन्द्रीय नेपाली विभाग
५. साहित्यदूत चोयु- प्राध्यापक भारती लिम्बू, थाइलैण्ड
६. साहित्यदूत धौलागिरी- शिखर कवि शैलेन्द्र साकार, काठमाडौँ
७. साहित्यदूत मनास्लु- श्री विश्वप्रेम अधिकारी, कुलपति पुतलीबजार नगरपालिका प्रज्ञा-प्रतिष्ठान, स्याङ्जा
८. साहित्यदूत अन्नपूर्ण- श्री इच्छाराम गुरागाईं, वर्मा

त्यसैगरी विनेसाम सद्भावना सम्मान-
भारतीय नागरिकहरू-
१. पद्मश्री डा. येसे दोर्जे थोङ्सी, भारत (असमीया साहित्यकार)
२. डा. गोकुल क्षत्रीय, गुजरात, भारत (हिन्दी साहित्यकार)
३. डा. प्रेमानन्द रोय, पश्चिम बंगाल, भारत (बङ्गाली साहित्यकार)

चिनीया नागरिकहरू-
१. प्रा.डा. वाङ् जोङ्
प्रमुख, दक्षिण एसिया भाषा विभाग
युनान् विश्वविद्यालय, कुनमिङ्, चीन
२. प्रा.डा. छिङ् युन्
निर्देशक, नेपाली भाषा शिक्षण तथा अनुसन्धान केन्द्र
अन्तर्राष्ट्रिय अध्ययन विश्वविद्यालय
बेइजिङ, चीन
३. श्री झाङ् युई
प्रमुख, सीसीटिभी ब्युरो अफिस

जापानिज नागरिक-
१. श्री युको ओकामोता,
वाको विश्वविद्यालय, टोकियो जापान

बंगलादेशी नागरिक-
१. श्री सुल्तान अहमद सोना, बंगलादेश (बाङ्ला साहित्य)

विनेसाम, अरनिको सम्मान
१. श्री चेतनाथ आचार्य, चीन

विनेसाम उत्कृष्ट सदस्य
१. श्री कल्पना पौडेल जिज्ञासु, नेपालगञ्ज

विनेसाम, नेपाल शाखाको उत्कृष्ट प्रदेश
१. लुम्बिनी प्रदेश आदि रहनु भएको छ ।

कार्यक्रम “नेपाली साहित्यको विश्वव्यापीकारण, हाम्रो अभियान” मूल नाराकासाथ आयोजना गरिएको हुनाले यो मूल विषयमा प्रा.डा. गोविन्दराज भट्टराईले कार्यपत्र प्रस्तुत गर्नु हुनेछ । त्यसैगरी अहिलेको जल्दोबल्दो विषय पर्यावरणीय समस्या रहेको हुनाले लामो समयदेखि पर्यावरण क्षेत्रमा काम गरिरहनु भएका असमका प्रा.डा. देवेन सापकोटाले पर्या कार्यपत्र प्रस्तुत गर्नु हुनेछ ।

कार्यक्रममा पर्यटन तथा नागरिक उड्डयन मन्त्री, विभिन्न विश्वविद्यालयका उपकुलपतिहरू, प्रज्ञा-प्रतिष्ठानहरूका कुलपतिहरू, उपकुलपतिहरू, राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका वौद्धिक व्यक्तित्वहरू, प्रतिष्ठित लेखक साहित्यकारहरू, विश्वविद्यालयहरूका विभाग प्रमुखहरू, प्राध्यापकहरू, राजदूतहरू, समाजमा प्रत्यक्ष सरोकार राख्ने चर्चित व्यक्तित्वहरू, कलाकारहरू, साहित्यकारहरू लगायतको बाक्लो उपस्थिति रहने कुरा पनि अध्यक्ष लिम्बूले अवगत गराउनु भएको छ ।

कार्यक्रमलाई पाँच सत्रमा विभाजन गरिएको छ । पहिलोसत्रमा कार्यक्रमको उद्घाटन हुनेछ । उद्घाटनसत्रमा सम्माननीय प्रधानमन्त्रीज्यूले कार्यक्रमको उद्घाटन गर्नु हुनेछ त्यसपछि पुस्तक लोकार्पण, पुरस्कार सम्मान समर्पण र विशिष्ट व्यक्तित्वहरूको मन्तव्य रहने छ ।

त्यसैगरी दोस्रोसत्र सम्मेलनको प्रमुखसत्र हुनेछ । यो सत्रमा कार्यपत्रहरू प्रस्तुत हुनेछन् । केही सृजना वाचन र विशिष्ट मन्तव्यहरू रहने छन् । तेस्रोसत्र बेलुका हुनेछ । यो सत्रमा केही मन्तव्यहरू रहेतापनि सृजना वाचन प्रमुख हुनेछ । चौंथोसत्र ११ गते बिहान सात बजे हुनेछ । यो बन्दसत्र पनि हो । यो सत्रमा महासङ्घ परिवारको मात्रै सहभागिता रहनेछ ।

यसमा शाखाहरूले गरेको कार्य र भावी योजनाहरूको बारेमा रिपोर्टिङ हुनेछ । पाँचौसत्र खाजापछि साढे आठमा सुरु हुनेछ । यो सत्रको प्रमुखता पनि केही मन्तव्य र सृजना प्रस्तुती नै रहनेछ । यसरी एघार बजे दुई दिने विश्व सम्मेलनको समापन हुनेछ । खानापछि अपरान्ह विदेशी पाहुनाहरूलाई महामहिम राष्ट्रपतिज्यूसँग साक्षात्कार गराइने कार्यक्रम रहेको छ भने १२ गते बिहान अतिथिहरूको विदाई हुनेछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!