विश्व प्रख्यात पर्यटन मेला ‘डब्लुटीएम’ लन्डनमा आयोजना, नेपाल सहभागी

SHARE:


काठमाडौँ ८ नोभेम्बर २०२४ । विश्व प्रख्यात पर्यटन मेला ‘वल्र्ड ट्राभल मार्केट–२०२४’ (डब्लुटीएम) मा नेपालले सहभागिता जनाउँदै विश्व पर्यटन उद्योगको ध्यानाकर्षण गरेको छ ।

नेपाल पर्यटन बोर्डको नेतृत्वमा नेपालले लन्डनमा आयोजित डब्लुटीएममा सहभागिता जनाएको हो । यही कात्तिक २० देखि २२ गतेसम्म आयोजना भएको वल्र्ड ट्राभल मार्केटमा नेपालले साहसिक यात्रा, सांस्कृतिक विविधता र दिगो पर्यटनका लागि अग्रणी गन्तव्यका रूपमा आफ्नो उपस्थिति जनाउँदै नेपालको पर्यटन प्रवर्द्धनका लागि समन्वय गर्न विश्वपर्यटन उद्योगको ध्यानाकर्षण गरेको हो ।

बोर्डले आफ्नो ४० वर्षको सहभागिता वर्षको उत्सव मनाउँदै विश्व पर्यटन क्षेत्रमा लामो समयदेखिको योगदानलाई निरन्तरता दिएको हो । एक सय ८४ देशहरूबाट ४३ हजार सहभागी रहेको डब्लुटीएममा तीन हजार आठ सय ७५ प्रदर्शकहरू सहभागी थिए । मेलामा ८२ वटा सम्मेलन सत्र आयोजना गरिएको थियो ।

हालै लोन्ली प्लानेटद्वारा सन् २०२४ का लागि बेस्ट इन ट्राभल गन्तव्यका रूपमा घोषित भएपछि यस वर्ष डब्लुटीएममा नेपालको उपस्थिति थप महत्वपूर्ण बनेको बोर्डले जनाएको छ । यसले विश्वभरका यात्रुहरू र पर्यटन व्यवसायीसामु नेपालको सम्पदालाई प्रस्तुत गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताए ।

नेपाल विश्वका लागि आकर्षक पर्यटकीय गन्तव्यका रूपमा रहेको सन्दर्भमा नेपाललाई साहसिक यात्रा, अध्यात्म र सम्पदाको संयोजनको गन्तव्यका रूपमा थप परिचित र बलियो बनाउने कार्यमा यो मेलाले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिइएको उनले बताए ।
नेपालबाट डब्लुटीएमा विभिन्न क्षेत्रका पर्यटन व्यवसायी, ट्राभल कम्पनी, होटल, रिसोर्टका प्रतिनिधिहरूको सहभागिता थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!