बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्स नदीको किनारै किनार’ राष्ट्रिय कविता महोत्सवमा दोस्रो

SHARE:

लन्डन १६ नोभेम्बर २०२४ । ३३ औं राष्ट्रिय कविता महोत्सवमा बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्स नदीको किनारै किनार’ कविता दोस्रो भएको छ ।

कवि विमल गुरुङ स्मृति पुस्तकालय धरानले आयोजना गरेको ३३ औं राष्ट्रिय कविता महोत्सव एवम् कवि विमल गुरुङ कृति पुरस्कार-२०८० समर्पण समारोहमा गत शनिबार शान्तिको कविता दोस्रो हुँदै १८ हजार रुपैयाँ पुरस्कार जित्न सफल भएको हो । पाँचथर समाज सेवा युकेकी अध्यक्षसमेत रहेकी शान्तिको केही महिनाअघि मात्रै चौथो कृति ‘कस्तुरी यात्रा’ लोकार्पण भएको थियो । उक्त पुस्तकमा शान्तिले हाइकु, मुक्तक र गीत समावेश गरेकी थिइन् । समाजसेवी शान्तिको पहिलो कृति ‘चेरिशा’, दोस्रो ‘मिलीजुली’ आख्यान र तेस्रो ‘शान फुड’ प्रकाशित छन् ।

यस्तै राष्ट्रिय कविता महोत्सवअन्तर्गत प्रतियोगितामा नवलपरासीको अन्जान प्रदीप (प्रदीप ढुंगाना) प्रथम भएका छन् । धरान–१८ कवि विमल गुरुङको पुस्तकालयमा उनले ‘सपना; शीर्षकको कविता वाचन गरी प्रथम भएका थिए । यस्तै मोरङकी समीक्षा छिलिङ राईको ‘फूल र म’ कविता तेस्रो भयो । उनहरुलाई क्रमशः नगद २१ हजार र १७ हजार रुपैयाँ र प्रमाणपत्र प्रमुख अतिथि नेपाल संस्कृत विश्व विद्यालयका उपकुलपति प्राडा. भिम खतिवडा, कार्यक्रमका सभापति तथा पुस्तकालय सञ्चालक समिति अध्यक्ष पूर्णबहादुर गुरुङलगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।

राष्ट्रिय कविता महोत्सवका लागि स्वदेश र विदेशका कविबाट प्राप्त भएका ८१ कविताहरुमध्ये १० कविता छनोट गरिएको छ । छनोटमा परेकामध्ये उत्कृष्ट तीन कवितालाई क्रमश प्रथम, दोस्रो र तेस्रो पुरस्कार प्रदान गरिएको थियो । ८१ कविताहरु प्राप्त भएकोमा उत्कृष्ट १० कवितालाई अन्तिम प्रतिस्पर्धाका लागि सिफारिस गरिएको थियो ।

प्रतियोगितामा समिक्षा छिलिङ राईको फूल र म, दिपेन्द्र आचार्यको ल्याप्चे, मिन्जाई राईको बुढो परदेशी, प्रसान्त उप्रेतीको विलासी राता वाकस, लेकाली कान्छा मुक्कुमको रैथाने बगैचाको अर्गानिक मुस्कान र दिपा मग्रातीको देशमा मेरो अनुहार कविता उत्कृष्ट १० छनोट भएको थियो ।

यसैगरी कवि विमल गुरुङ पुस्तकालयले प्रदान गर्दै आएको कवि विमल कृति पुरस्कार कवि प्रकाश थाम्सुहाङको निबन्ध कृति ‘शब्दथुम’ लाई पुरस्कार प्रदान गरिएको छ । उनलाई नगद २ लाख रुपियाँ, ताम्रपत्रसहित दोसल्लाले प्रमुख अतिथि प्राडा.खतिवडाले सम्मान गरेका थिए ।

त्यसैगरी सुनसरीको तरहरा निवासी युवा कवि विबेक विवश रेग्मीलाई नगद १० हजारसहित यस वर्षको युवा प्रतिभा पुरस्कार प्रदान गरिएको छ । कार्यक्रममा कवि विमलको कवितासंग्रह एक किलो जंगल कृति लोकार्पण गरिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!