गैरआवासीय नेपालीहरूलाई शेयरमा कारोबार गर्न पाउने नीतिगत व्यवस्था

SHARE:


काठमाडौं २३ नोभेम्बर २०२४ । अब गैरआवासीय नेपालीहरूले पनि शेयरमा लगानी गर्न पाउने भएका छन् ।

नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ लाई संशोधन गर्दै गैरआवासीय नेपालीहरूलाई शेयरमा कारोबार गर्न पाउने नीतिगत व्यवस्था गरेको हो ।

संशोधित निर्देशिकाको नाम ‘धितोपत्र निष्कासन तथा बाँडफाँड (आठौँ संशोधन) निर्देशिका, २०८१’ राखिएको छ । यो निर्देशिका बोर्डले तोकेको मितिदेखि प्रारम्भ हुनेछ ।

नयाँ व्यवस्थाअनुसार सरकार र गैरआवासीय नेपालीहरूको संयुक्त लगानीमा इन्भेष्टमेन्ट कम्पनी खोल्न सकिनेछ ।

शेयर निष्कासन गर्दा संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीले गैरआवासीय नेपालीको लागि मात्र शेयरको निष्कासन गर्नु पर्नेछ । शेयरको दरखास्त खुला रहने अवधि कम्तीमा चार कार्य दिन हुनेछ ।

शेयर कारोबार गर्दा कारोबार इकाई न्यूनतम एक हजार कित्ता हुनेछ । संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीको शेयरको कारोबार गैरआवासीय नेपालीबीच मात्र हुनेछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!