नेपालका एक जाति हो ताङवे जाति

SHARE:

गुरुङ रामप्रकाश ‘समथिङ’

नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने जाति हो ताङवे जाति । यिनीहरु तिब्बतबाट आएका हुन की भन्ने पनि छ । किन भने तिब्बती भाषामा ताङको अर्थ लखेटिएको र वे को अर्थ जाति भन्ने लाग्छ । त्यसैले यी जाति तिब्बतबाट कुनै समयमा लेखिटएर नेपाल आएर बस्न थालेका हुन की जस्तो लाग्नु कुनै नौलो होइन । यिनीहरु गाउँमा हल्ला गर्ने, उपन्द्रो मचाउने जस्ता काम गर्थे रे । त्यस कारण यिनीहरुलाई लेखेका हुन सक्ने अनुमान गर्नेहरु पनि छन् ।

ताङवे जातिको मूल बसोबासको क्षेत्र भनेको मुस्ताङ जिल्लाको छुक्साङ गाउँ विकास समितिको ताङवे गाउँ हो । नेपालमा धेरै जसो जातिको थरहरु गाउँठाउँको नामाकरणबाट भएको देख्दा ताङवे जातिको पनि त्यस्तै हो की जस्तो अनुमान गर्न सकिन्छ । ताङवे गाउँमै बसेका कारणले यिनीहरु ताङवे जातिको नामाकरण भएको हो भन्न पनि सकिन्छ । ताङवे, पोखरा र जोमसोममा सम्म बसोबास भएता पनि जनसंख्याको हिसाब भने थोरै नै रहेका छन् । त्यसैले थोरै संख्यामा रहेकोले ताङवे जातिलाई नेपाल सरकारले सुविधा बञ्चित समूहमा सूचीकृत गरेका छन् ।

शिक्षा क्षेत्रमा पछाडि परेका ताङवे जाति आर्थिक रुपमा पनि त्यति धेरै अगाडि देखिन्न । उनीहरुको जग्गा जमिनमा उत्पादन भएको अन्नले दुई तीन महिनासम्म पनि खान पुग्दैन । त्यसैले उनीहरु पशुपालन र व्यापार गरेर जीविकोपार्जन गर्ने गर्दछ ।

ताङवे जातिमा खानामा ढिडो, रोटी, उवाको सातु भेडा, च्याङग्रा र याकको मासु खाने गर्दछ । भोटे चिया यी जातिमा अनिवार्य नै हुन्छ । खाजाको रुपमा जाँडरक्सी अनिवार्य खाने गर्दछ । जाँडलाई उनीहरु छ्याङ भन्ने गर्दछ । पुरुषले घुँडासम्मको जुत्ता, टोपी, बख्खु र स्वीटर लाउने गर्दछ । त्यस्तै महिलाले जामा, बख्खु चोलो र कम्मरमा पटुका बाँध्ने गर्दछ ।

ताङवे जातिले चार्डको रुपमा मनाउने मुख्य चार्ड नयाँ वर्ष अथवा ल्होसार हो । यो पुसे औषीको भोलिपल्ट पर्दछ । ल्होसारपछि उनीहरु घाच्याङ बैशाख पूर्णिमाका दिनमा मनाइने यो चार्डमा तीर हान्ने खेलको समेत आयोजना गर्दछ ।
ताङवे जाति संयुक्त परिवारमा बस्ने गर्दछ । यिनीहरुको सामाजिक संरचना अनुसार जेठो छोराले घरपरिवार चलाउने गर्दछ । माइला छोरा भिक्षु बन्नु पर्ने र माइली छोरी झुमा बन्नु पर्ने नियम रहेको छ । उनीहरुमा बावु र आमा ज्यूँदो हुँदै छुटिने छोरालाई अंश दिने चलन छैन । तर नगद र जिन्सी सामान भने दिन सक्छ । ताङवे जातिमा विवाह भरसक आफ्नै जातिभित्र गर्ने गर्दछ । उनीहरु फुपु र मामाको छोराछोरी बीचमा बिहे गर्ने परम्परागत चलनलाई ऐलेसम्म पनि मान्दै आएका छन् । मागी विवाह, प्रेम विवाह, चोरी विवाह, बहुविवाह, पुनः विवाह र बहुपति विवाह प्रचलनको रुपमा रहेता पनि धेरै जसो मागी विवाह नै गर्दछ । जेठो छोराले विवाह गरेर घरमा ल्याएपछि अरु भाइकी पनि श्रीमती हुन्छे । जसलाई बहुपति प्रथा भनिन्छ । यदि कुनैले श्रीमती स्वीकार नगरी बर्खिलाप गर्ने र नमान्ने देवरलाई सामाजिक बहिष्कार गर्नुका साथै गाउँबाट निकाला समेत गर्दछ गाउँले समाजले । तर यो बहुपति प्रथा अहिले न्यून हुदै गएको पाइन्छ ।

ताङवे जाति बौद्ध धर्म मान्ने कारणले होला सम्पूर्ण जन्मदेखि मृत्युसम्मको धार्मिक कार्यहरु लामाद्धारा नै सम्पन्न गर्दछन् । मानिसको मृत्यु पश्चात लामाले जे निर्णय दिन्छ सोही अनुसार लासको अन्त्येष्टि गर्दछ । लासलाई गाड्ने, जलाउने वा टुक्रा–टुक्रा पारेर गिद्ध वा चिललाई ख्वाउने । ताङवे जातिमा तीन दिनसम्म नुन नखाई किरिया बार्ने चलन छ । बावु मरेको हो भने छोराहरुले तीन दिनसम्म मासु र आमा मरेको हो भने दूध खादैनन् ।
सन्दर्भ सामाग्री
१ लेखक रामप्रकाश समथिङ, जिल्ला विकास समितिको कार्यालय फिदिम, पाँचथर र नेपाल आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरद्धारा प्रकाशित– पाँचथरका आदिबासी जनजातिहरु जेष्ठ–२०६६
२ लेखक प्राज्ञ इन्द्रबहादुर गुरुङ, काशीपरी गुरुङद्धारा प्रकाशित तमु (गुरुङ) साँस्कृतिक दिग्दर्शन–असोज २०६८
३ लेखकद्धय ताम्ला उक्याव र श्याम अधिकारी, श्री ५ को सरकार (हाल नेपाल सरकार) स्थानीय विकास मन्त्रालय राष्ट्रिय जनजाति विकास समिति काठमाडौद्धारा प्रकाशित नेपालका जनजातिहरु बैशाख–२०५७
४ लेखक मधुसुदन पाण्डेय, पैरबी प्रकाशनद्धारा प्रकाशित नेपालका जनजातिहरु– २०६१
०५ सम्पादक पवन चामलिङ ‘किरण’ निर्माण प्रकाशन गुम्पा घुर्पिसे, नाम्ची, दक्षिण सिक्किमद्धारा प्रकाशित वर्ष १९, अंक ३४—निर्माण सँस्कृति विशेषाङक, अप्रिल– सन १९९९
६ लेखक डा.हर्क गुरुङद्धारा लिखित नेपाल आदिबासी जनजाति महासंघद्धारा प्रकाशित–जनजाति सेरोफेरो मे—२००६
(अर्को अंक तीन गाउँले जातिको बारेमा लेख प्रकाशन गरिनेछ ।)

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!