काठमाडौँ । नेपालको रोल्पा जिल्लाको जलजलामा बिहीबार जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २० पुगेको प्रहरीले जनाएको छ ।
थवाङ गाउँपालिका १ जलजलामा रुकुम पूर्वबाट जाँदै गरेको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापाले जानकारी दिए । उनका अनुसार लु १ ज ४१६७ नम्बरको जिप दुर्घटनामा परेको हो । प्रहरी निरीक्षक थापाले जिप सडकबाट ८०० मिटर तल भिरमा खसेको बताए । मृतकको सनाखत भने हुन सकेको छैन।
प्रहरीले थवाङ गाउँपालिकाको जलजलामा मेला भर्ना जाँदै गरेका यात्रु चढेको जिप दुर्घटना भएको अनुमान गरेको छ ।






