अल्डरसटको एउटा रेस्टुरेन्टका सञ्चालकहरू खाद्य स्वच्छता सम्बन्धी चारवटा कसुरमा अदालतमा उपस्थित

SHARE:

साभार: RBC

बेलायत – बेलायतको अल्डरसटस्थित एउटा रेस्टुरेन्टका सञ्चालकहरू, रसमोर बरो काउन्सिलका वातावरणीय स्वास्थ्य अधिकारीहरूले अनुगमनका क्रममा फेला पारेका खाद्य सुरक्षा सम्बन्धी चारवटा कसुरमा अदालतमा उपस्थित भएका छन्।

१२८ भिक्टोरिया रोड, अल्डरसटमा रहेको ‘भिम्तुना’ (Vintuna) रेस्टुरेन्टसँग सम्बन्धित ‘नेवा ब्रदर्स लिमिटेड’ ले गत शुक्रबार, १७ अप्रिलका दिन बेसिङस्टोक म्याजिस्ट्रेट अदालतमा उपस्थित भई सबै चारवटै कसुर स्वीकार गरेको छ। यस मुद्दाको फैसला (सजाय निर्धारण) भने सेप्टेम्बरसम्मका लागि स्थगित गरिएको छ।

ह्याम्पशायर काउन्टी काउन्सिलको ट्रेडिङ स्ट्यान्डर्ड टोलीले अवैध मासु आयात र कमजोर सरसफाइको अभ्यास भइरहेको हुनसक्ने सूचना दिएपछि काउन्सिलका अधिकारीहरूले सो निरीक्षण गरेका थिए।

नोभेम्बर २०२४ मा गरिएको निरीक्षणका क्रममा अवैध रूपमा आयात गरिएको राँगाको सुकुटी र भान्छामा साङ्लाहरूको ठूलो प्रकोप फेला परेको थियो। अधिकारीहरूले सो स्थान अत्यन्तै फोहोर र चिल्लोले भरिएको पाएका थिए भने खाद्य सामग्री राखिने बाहिरी कपाटमा मुसाको दिसा समेत भेटिएको थियो। खाना पकाउने उपकरणहरू फोहोर थिए र महिनौंदेखि हुनुपर्ने नियमित सरसफाइ जाँच समेत गरिएको थिएन।

सबै आवश्यक कामहरू पुरा नभएसम्मका लागि सो रेस्टुरेन्ट स्वेच्छिक सम्झौता मार्फत तत्काल बन्द गरिएको थियो। खाद्य स्वच्छता स्तर निर्धारण (Food Hygiene Rating Scheme) अन्तर्गत यसलाई ‘शून्य’ (अत्यन्तै सुधार आवश्यक) रेटिङ दिइएको थियो। अन्ततः सो व्यवसाय एक महिनापछि २४ डिसेम्बर २०२४ मा पुनः सञ्चालनमा आयो। यी कमजोरीहरूका कारण काउन्सिलले नेवा ब्रदर्स लिमिटेड विरुद्ध खाद्य सुरक्षा सम्बन्धी चारवटा मुद्दा दायर गरेको थियो।

काउन्सिलका अधिकारीहरूले उक्त व्यवसायसँग मिलेर काम गर्न जारी राखेका छन् र १० सेप्टेम्बर २०२५ मा गरिएको पछिल्लो निरीक्षण पछि, अहिले यसले ‘४’ (राम्रो) रेटिङ प्राप्त गरेको छ।

रसमोर बरो काउन्सिलका वातावरणीय स्वास्थ्य सेवा प्रबन्धक कोलिन अल्बोरोले भन्नुभयो: “प्राप्त सूचनाको आधारमा जनस्वास्थ्यको जोखिम कम गर्न अधिकारीहरूले गरेको तत्काल र उचित कारबाहीको म पूर्ण समर्थन गर्दछु। यस्ता विषयहरूलाई हामीले निकै गम्भीरताका साथ लिएका छौँ।”

कोलिनले थप भन्नुभयो: “म सबैलाई कुनै पनि खाद्य व्यवसायबाट सामान किन्नु अघि त्यसको स्वच्छता रेटिङ जाँच गर्न सिफारिस गर्दछु। यसले हाम्रा अधिकारीहरूले पछिल्लो पटक निरीक्षण गर्दा त्यहाँ कस्तो सरसफाइको मापदण्ड थियो भन्ने कुराको राम्रो संकेत दिन्छ।”

काउन्सिलको वातावरणीय स्वास्थ्य टोलीले हरेक वर्ष अल्डरसट र फर्नबोरोका ४०० भन्दा बढी खाद्य व्यवसायहरूको निरीक्षण गर्दछ र प्रत्येक निरीक्षण पछि “शून्य” (अत्यन्तै सुधार आवश्यक) देखि “५” (धेरै राम्रो) सम्मको स्वच्छता रेटिङ प्रदान गर्दछ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!