बेलायतसहित तीन युरोपेली मुलुकसँग आणविक वार्ता गर्दै इरान

SHARE:

लन्डन २४ नोभेम्बर २०२४ । इरानले संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी निकायले पारित गरेको निन्दा प्रस्ताव अघि सारेका तीन युरोपेली मुलुकसँग आगामी शुक्रबार आणविक वार्ता गर्ने जनाएको छ ।

बेलायत, इरान, फ्रान्स र जर्मनीका उपविदेशमन्त्रीस्तरीय बैठक शुक्रबार बस्ने परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माईल बगाईले आइतबार जानकारी दिएका छन् । “प्यालेस्टिनी र लेबनानका मुद्दाका साथै आणविक मुद्दालगायत क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दा र विषयमा छलफल हुनेछ,” विदेश मन्त्रालयका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

बागाईले आगामी बैठकलाई सेप्टेम्बरमा न्यूयोर्कमा संयुक्त राष्ट्रसङ्घको महासभाको वार्षिक अधिवेशनका क्रममा दुई देशसँग भएको वार्ताको निरन्तरताका रुपमा व्याख्या गरेका छन् । संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) को ३५ सदस्यीय बोर्ड अफ गभर्नर्सले बिहीबार एक प्रस्ताव पारित गर्दै इरानबाट सहयोगको अभाव भएको भन्दै त्यसको भत्र्सना गरेको छ ।

इरानको आणविक कार्यक्रमलाई लिएर तनाव बढेपछि वार्ताको पहल थालिएको हो । यसलाई आलोचकहरूले आणविक हतियार विकास गर्ने उद्देश्यले गरिएको आशङ्का गरेका छन् । आईएईएका प्रमुख राफेल ग्रोसी तेहरानको भ्रमणबाट फर्केपछि यो उपविदेशमन्त्री स्तरीय बैठक कदम चालिएको हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!