
लन्डन २९ नोभेम्बर २०२४ । बेलायतवासी नेपाली समुदायलाई मनोक्रान्तिका प्रणेता डा. योगी विकाशानन्दले हरेक शनिबार प्रवचन दिइरहेका छन् ।
मनोक्रान्ति टिम युकेको आयोजनामा एक महिनादेखि प्रत्येक शनिबार स्थानीय समयअनुसार बिहान ७ बजे जुममार्फत डा. योगी विकाशानन्दले योग, ध्यान, साधना र आध्यात्मिक प्रवचन दिँदै आएको पत्रकारसमेत रहेका टिम नगेन्द्र नेम्वाङले जानकारी दिए । उनले प्रवचनमा सहभागी भएर भरपुर नि:शुल्क लाभ लिन बेलायतवासी नेपाली समुदायलाई आग्रहसमेत गरेका छन् ।
प्रवचन एक घण्टासम्म हुने गरेको छ । अहिले सहभागिता राम्रो रहेको टिम लिडर नेम्वाङको भनाइ छ । इच्छुक महानुभावले
नगेन्द्र नेम्बाङ 07830342847, योग प्रशिक्षक गोपबहादुर सिङ्जालीमगरलाई 07723371912 मा सम्पर्क गर्न सकिने जनाइएको छ ।







