बेलायतमा प्रत्येक मंगलबार जीआरएनसीको भेटघाट र व्यायाम कार्यक्रम

SHARE:

लन्डन ५ डिसेम्बर २०२४ । बेलायतमा ग्रेटर रसमूर नेपाली कम्युनिटीले प्रत्येक मंगलबार भेटघाट र व्यायाम कार्यक्रम सञ्चालन गरिरहेको छ ।

क्यान इन्टरनेसनलको सहयोग र गोर्खा आमा समूहको सहकार्यमा गत १९ नोभेम्बरदेखि शारीरिक व्यायाम (ताइची) र चियापान कार्यक्रम जारी राखेको हो । कार्यक्रम दिउँसो १ देखि २ बजेसम्म हुँदै आएको छ ।

मंगलबार हुँदै आएको कार्यक्रम डिसेम्बर १७ मा समापन हुने छ ।

यस्तै नेसनल लोटरी र क्यान इन्टरनेसनलको सहयोगमा प्रत्यक बिहीबार ताइची कक्षा सञ्चालन गर्दै आइरहेको छ । सहभागीलाई जीआरएनसीका अध्यक्ष तथा ताइची युनियन फर ग्रेट ब्रिटेनका सदस्य ताइची प्रशिक्षक मान गुरुङले प्रशिक्षण दिँदै आएका छन् ।

कार्यक्रममा प्रत्येक दिन दुई दर्जनजति सहभागी हुने गरेका छन् ।

ताइची तथा चियापान कार्यक्रमको संयोजनसमेत गरिरहेका अध्यक्ष गुरुङले केही महिनामा अन्य समूह र स्थानीय समुदायसँग पनि सहकार्य गर्दै अघि बढ्ने योजना रहेको सुनाए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!