प्रतिभा पुरस्कार सुब्बा र सम्मान थापालाई दिने नेपाली प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय

SHARE:

लन्डन ९ डिसेम्बर २०२४ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले यो वर्षको ‘प्रतिभा पुरस्कार’ सिक्किम भारतकी युवा इतिहासकार तथा याक्थुङ मुन्धुमका अध्येता सन्ध्या सुब्बा सिङ्जाङ्गोलाई दिने घोषणा गरेको छ । यसैगरी प्रतिभा सम्मान ताप्लेजुङका अग्रज लेखक तथा संचारकर्मी राजेश्वर थापालाई दिने भएको छ ।

प्रतिष्ठानले आइतबार जारी गरेको विज्ञप्तिमा नगद राशि १ लाख रुपैयाँ र ताम्रपत्रसहितको प्रतिभा पुरस्कार सिङ्जाङ्गोलाई र नगद राशि ५० हजार रुपैयाँ, ताम्रपत्र र दोसल्लासहितको प्रतिभा सम्मान थापालाई प्रदान गर्ने घोषणा गरेको जनाएको छ। प्रतिष्ठानकाअनुसार सन् १९८८ मा सिक्किमको गान्तोकमा जन्मेकी सिङ्जाङ्गोले मुन्धुमको खोजी, अनुसन्धान, अनुवाद र लेखनका साथै स्थानीय रैथाने कला संस्कृति संरक्षणमा सक्रिय रहेकी छन् । ३६ वर्षीया सिङ्जाङ्गो भारतको दिल्ली विश्वविद्यालयबाट इतिहासमा स्नातकोत्तर गरेपछि रैथाने मूल्य मान्यताको खोजी गर्दै याक्थुङ मुन्धुमको बृहत् अनुसन्धानमा फड्को मारेकी हुन् । उनको अंग्रेजीमा ‘लिम्बु समन्सः अ डाइरेक्टरी अल लिम्बू समन्स इन सिक्किम, चइत मुन्धुम (द स्टोरी अफ क्रियसन), मुजिङ्ना खेयङ्ना मुन्धुम अनुवाद, याक्थुङ सिभिलाइजेसनः इम्बिरी याङधाङ्वा पुम्मा कलेन्सन आर्टिकल, याक्थुङ मुन्धुमलोर पुस्तक प्रकाशित छन् ।

प्रतिष्ठानका अध्यक्ष टंक वनेमले ‘युवा इतिहासकार, लेखिका सिङ्जाङ्गोको अध्ययन, अनुसन्धान, लेखन र रैथाने सम्पदा अन्वेषणमा उल्लेखनीय योगदानको कदर गर्दै यो वर्षको प्रतिभा पुरस्कार प्रदान गर्ने निर्णय गरिएको बताए । प्रतिष्ठानले प्रतिभा पुरस्कार भारतीय नागरिकलाई प्रदान गर्ने घोषणा गरेको यो पहिलो हो ।

यसैगरी वि.सं २००८ जेठ २१ गते ताप्लेजुङको साविक खोक्लिङ हाल मिक्वाखोला गाउँपालिका–२ मा जन्मिएका थापाले ताप्लेजुङका शहीदहरु, तोक्पेगोला र तोक्पेगोला, ताप्लेजुङका युद्धवीर लाहुरेहरु, ताप्लेजुङका लोक संस्कृति भाग १, ताप्लेजुङका धर्म सम्प्रदायहरु, बरदात्री भगवनी पाथीभरा (मुक्कुमलुङ्मा), ताप्लेजुङको प्रजातान्त्रिक क्रान्तिको इतिवृत्तलगायत पुस्तकहरु प्रकाशित गरेका छन् । उनले सुदूरपुर्वको लिम्बुवानी क्षेत्र ताप्लेजुङको आर्थिक, सामाजिक, राजनितिक, सांस्कृतिक र पर्यटनबारे चिनाउने अथक् प्रयास गरेकाले प्रतिमा सम्मानको हकदार बनाइएको प्रतिष्ठानका महासचिव चोक गुरुङले बताए । सिङ्जाङ्गो र थापालाई आगामी पुसमा काठमाडौंमा कार्यक्रम गरेर नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलाबाट पुरस्कार तथा सम्मान प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।

बेलायतमा बसेर कर्मथलो बनाएका नेपाली स्रष्टाहरुले सन् २००८ मा बेलायतमा स्थापित गरेको नेपाली प्रतिभा प्रतिष्ठानले हालसम्ममा नवीन विभास, कुबेर राई, उपेन्द्र सुब्बा, श्रवण मुकारुङ, मोमिला जोशी, राजकुमार दिक्पाल, भूपाल राई, बीबी अनुरागी, टीका चाम्लिङ, फुलमान बल, बलराम अधिकारी, शुभ मुकारुङ, विमला तुम्खेवा, गणेश गुरुङ, सुदिप पाख्रिन र प्रदीप मेन्याङ्बोलाई प्रतिभा पुरस्कार प्रदान गरिसकेको छ ।

यसैगरी अग्रज स्रष्टाहरु ईश्वर मानन्धर, अम्बर गुरुङ, जीवी लुगुन, भक्तराज आचार्य, प्राडा गोविन्दराज भट्टराई, बुद राना, टेकवीर मुखिया, प्रद्युम्न श्रेष्ठ, भागीरथी श्रेष्ठ, बेणु आचार्य, दावा ग्याल्मो, गोपाल पराजुली, डा कृष्णहरि बराल, दीप श्रेष्ठ र गणेश रसिकलाई प्रतिमा सम्मान गरिसकेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!