
लन्डन १३ डिसेम्बर २०२४ । यस वर्ष पहिचान पुरस्कार राजु स्याङ्तानको कवितासंग्रह ‘ओ पेङ्दोर्जे’ लाई दिने भएको छ ।
शुक्रबार बसेको पहिचान कोषको बैठकले उत्कृष्ट आठ पुस्तकमध्येबाट उक्त कृतिलाई पुरस्कार दिने निर्णय गरेको हो । पुरस्कारमा ताम्रपत्रसहित नगद ४ लाख २ हजार २ रुपैयाँ रहेको छ ।‘ओ पेङदोर्जे’लाई पुरस्कार घोषणा गर्दै कोषका संस्थापक नरेश काङमाङ राईले भने, ‘यस कवितासंग्रहले गोर्खा राज्य विस्तार हुनुअघि र गोर्खा राज्य विस्तार भएपछि आफ्नो पहिचानको लागि रगत पसिना साथै जीवन आहुती दिने तामाङ जाति र अन्य भूइँमान्छेहरुले खेपेको शोषणको बारेमा बताएको छ ।
पुरस्कृत कविलाई २०८१ साल चैत्र २३ गते भोजपुर जिल्लाको टेम्के मैयुङ गाउँपालिका वार्ड नम्बर ४ को सुन्दर चखिया डाँडामा पुरस्कार वितरण गरिने कोषले जनाएको छ ।






