एनआरएनए इजरायलद्वारा आयोजित खुला वक्तृत्वकला प्रतियोगितामा घिमिरे प्रथम

SHARE:

काठमाडौं १५ डिसेम्बर २०२४ । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) इजरायलद्वारा आयोजित खुला वक्तृत्वकला प्रतियोगितामा क्यानडाबाट सहभागी रोचना घिमिरेले प्रथम पुरस्कार भएकी छन् ।

१४ डिसेम्बर २०२४ शनिबार आयोजित प्रतियोगितामा प्रथम घिमिरे, पोल्यान्डबाट सहभागी जस्मिन बेगन दोस्रो
र रसियाबाट सहभागी समिरा केसी तेस्रो भएका छन् । प्रथम घिमिरेले २ लाख, दोस्रोले बेगन १ लाख र तेस्रो स्थान हासिल गरेकी केसीले ५० हजार नगद पुरस्कार प्राप्त गरे । प्रतियोगितामा जापानबाट सहभागी एरिका सापकोटाले सान्त्वना पुरस्कार नगद ३० हजार जितेको आइोजकले जनाएको छ ।

प्रतियोगितालाई दुई उमेर समूहमा (१७ वर्षसम्मका र १८ देखि ४० वर्षसम्मका) विभाजन गरी सञ्चालन गरिएको थियो । निर्णायक मण्डलमा गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष तथा साहित्यकार जीवा लामिछाने, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी र पूर्वमिस नेपाल सुगरिका केसी थिए ।

कार्यक्रमले सहभागीहरुको वक्तृत्व क्षमता प्रदर्शन गर्न र नेपाली भाषा–संस्कृतिको प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेलेको संघका अध्यक्ष डा बद्री केसीले बताए ।

एनसीसी इजरायलले आफ्नो १७ औँ वार्षिककोत्सवका अवसरमा आयोजना गरेको प्रतियोगितामा विभिन्न देशबाट ३० जना सहभागी रहेको एनआरएनए इजरायलका अध्यक्ष श्रीकृष्ण भण्डारीले बताएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!