बेलायत निवासी युवा साहित्यकार लिम्बूले जिते १० हजार पाउण्डको ‘द बोरो प्रेस पुरस्कार

SHARE:

लण्डन १९ डिसेम्बर २०२४ । बेलायत निवासी युवा साहित्यकार मुकाहाङ लिम्बूले १० हजार पाउण्ड स्टर्लिङ राशीको ‘द बोरो प्रेस पुरस्कार’ जितेका छन् ।

करिब २५० जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले सो पुरस्कार जितेका हुन् । यसका साथै उनले द बोरो प्रेसबाट पुस्तक प्रकाशनको सम्झौता पनि पाएका छन् ।

गत जनवरीमा एजेन्ट नभएका लेखकहरूबाट गैरआख्यान विधामा प्रतिस्पर्धा आह्वान गरिएको थियो । बेलायतको प्रख्यात टाइम्स पत्रिका र म्याडलिन मिलवर्न लिटरेरी एजेन्सीले सो प्रतियोगिता आयोजना गरेको हो ।

प्राप्त रचनाहरूमाथि निर्णय गर्न सम्पादक रोबी मिलेन, साहित्यिक एजेन्ट एमा बल, प्रकाशन संस्था हार्परकलिन्सका सम्पादन, बजार, बिक्री र प्रबर्धन कर्मचारीहरू रहेको एक निर्णायक मण्डल चयन गरिएको थियो । सो मण्डलले एकमतले लिम्बूको संस्मरण ‘एग फ्राइड राइस’लाई सर्वोत्कृष्ट ठहर्याएको हो ।

साथै लिम्बूले एमा बललाई साहित्यिक एजेन्ट बनाउन पनि पाएका छन् । उनको पुस्तक ‘एग फ्राइड राइस’ सन् २०२७ मा प्रकाशन हुने बताइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!