
लन्डन २९ डिसेम्बर २०२४ । १ सय ८१ जना सवार विमान दक्षिण कोरियामा दुर्घटना हुँदा कम्तीमा ६२ जनाको मृत्यु भएको छ । एक सय ७५ जना यात्री र चालक दलका ६ जना सदस्य रहेको जेजु एयरको बोइङ–७३७ विमान आइतबार बिहान अवतरणका क्रममा दुर्घटना भएको हो । ज्यान गुमाउनेमा ३७ महिला र २५ पुरुष छन् । योनहाप समाचार संस्थाका अनुसार दुई जनाको जीवितै उद्धार गरिएको छ ।
योनहाप समाचार समितिका अनुसार थाइल्याण्डको राजधानी बैङ्ककबाट कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा धावनमार्गमा चिप्लिएर पर्खालमा ठोक्किएको थियो । दुर्घटनाको अनुसन्धान थालिएको यातायात मन्त्रालयले जनाएको छ ।






