लन्डन २९ डिसेम्बर २०२४ । दक्षिण कोरियाको विमानस्थल मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेक्रममा आइतबार बिहान जेजू एयरको जहाज दुर्घटना हुँदा १ सय ७९ जनाको मृत्यु भएको छ ।
थाइल्याण्डको राजधानी बैंककबाट यात्रु तथा चालकदलका ४ सदस्यसहित कोरिया पुगेको विमान दुर्घटना हुँदा १ सय ७९ को मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ६ जना चालकदलका सदस्यमध्ये जहाजको अन्तिम सिटमा रहेका दुई जना क्याबिन क्रूलाई जीवितै उद्धार गरिएको छ ।
धावनमार्गमा चिप्लिएको जहाज आगलागीबाट पूर्णरुपमा क्षतिग्रस्त भएको छ । दुर्घटनास्थल दक्षिण कोरियाको राजधानी सोलदेखी लगभग २ सय ८९ किलोमिटर दक्षिण पश्चिममा पर्छ ।
दुर्घटनाबारे अहिले नै एकिन कारण स्पष्ट खुलिसकेको छैन ।






