नेपालका लागि बेलायती राजदूत फेनसँग एनआरएनए अध्यक्ष केसी नेतृत्वको टोलीको भेट

SHARE:

लन्डन ३१ डिसेम्बर २०२४ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीको नेतृत्वको प्रतिनिधि मण्डलले नेपालका लागि बेलायतका राजदूत रोब फेनसँग भेट गरेको छ ।

सोमबार भएको भेटमा विशेषतः नेपाल र बेलायतबीचको द्विपक्षीय सम्बन्ध, लगानी, रोजगारी सिर्जना, शिक्षा र सीप सिकाइका क्षेत्रमा नेपाली डायस्पोराको भूमिकालगायत विषयमा कुराकानी भएको थियो । उक्त अवसरमा संघका अध्यक्ष डा. केसीले नेपाली डायस्पोराले नेपालको जीडीपीमा पुर्‍याइरहेको योगदानलगायत लगानी, शिक्षा स्वास्थ्य, रोजगारी, परोपकारी क्षेत्रमा भइरहेको गतिविधि र कोभिड महामारीका समय नेपाली डायस्पोराले गरेको सहयोगबारे जानकारी गराए । नेपाल सरकारले सामाजिक, आर्थिक र सांस्कृतिक अधिकारसहित गैरआवासीय नेपाली नागरिकताको व्यवस्था गरेको र लगानीका लागि पनि डायस्पोरालाई प्रोत्साहन गरिरहेको अध्यक्ष डा. केसीले उल्लेख गरे ।

उपाध्यक्ष डा. विनोद श्रेष्ठले अस्ट्रेलियामा डायस्पोराका विभिन्न गतिविधि, ज्ञान, सीप र प्रविधिका क्षेत्रमा भएको प्रगति र त्यसलाई नेपाल भित्र्याउन भइरहेको पहल सम्बन्धमा जानकारी गराए ।

महिला उपाध्यक्ष रोजिना प्रधान राईले बेलायतमा रहेका ब्रिटिस गोर्खाको मुद्दा स्मरण गराउँदै नेपाल र बेलायत सरकारको उच्च तहबाटै उक्त मुद्दाको सम्बोधन गर्नुपर्नेमा जोड दिइन् ।

भेटमा राजदूत फेनले युवाहरूको रोजगारी सिर्जना र त्यसका लागि सहकार्यका अवसरलाई जोड दिँदै नेपाल र बेलायतबीच सहकार्यलाई अझ प्रगाढ बनाउन आफ्नो सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।

शिक्षा, व्यापार, युवा रोजगारीका क्षेत्रमा नेपाली डायस्पोरासँग सम्भावित सहकार्य हुन सक्नेसमेत उनले विश्वास व्यक्त गरे । भेटमा संघका सहकोषाध्यक्ष कृष्णप्रसाद तिमल्सिना र प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतको समेत उपस्थिति थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!