तमु समाज बहराइनको ‘तमु सप्ह्री ल्होसार २०८१’ कार्यक्रम सम्पन्न

SHARE:

बहराइन ७ जनवरी २०२५ । तमु समाज बहराइनद्वारा आयोजना गरिएको “तमु ल्होसार सांस्कृतिक कार्यक्रम २०८१” भव्य र सभ्य रुपमा सम्पन्न भएको छ ।

२०८१ पुस १९ अर्थात् ३ जनवरी २०२५ शुक्रबारका दिन बहराइन बुदैयास्थित प्लाजा स्विमिङ पुलको प्राङ्गणमा तमु समाज बहराइनका अध्यक्ष राजु गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदूतावास बहराइनका राजदूत तीर्थराज वाग्ले, विशिष्ट अतिथिमा प्रथम महिला बिमला वाग्ले, विशेष अतिथिमा दूतावास उपनियोग प्रमुख सुमना अर्याल, श्रम सहचारी जमुना काफ्ले, तृतीय सचीव दिपराज जोशी, तमु समाज बहराइनका संस्थापक संरक्षक तथा नेपाली क्लब बहराइनका वर्तमान अध्यक्ष दुत प्रसाद गुरुङ (दिपक), नेपाल आदिवासी जनजाती महासंघ बहराइनका अध्यक्ष बिरेन्द्र तुम्बापो रहेका थिए ।

अतिथिको रुपमा बहराइनमा स्थापित विभिन्न जातीय संस्था नेपाल मगर संघका अध्यक्ष कृष्ण खाम्चा मगर, किराँत याक्थुङ चुम्लुङका अध्यक्ष सोमराज कन्दङ्वा, नेपाल तामाङ घेदुङका अध्यक्ष पेमा पाख्रिन, किराँत राई यायोख्खाका अध्यक्ष धनकुमार राई तथा विभिन्न वैचारिक, सामाजिक र क्षेत्रीय संस्थाका प्रमुख तथा प्रतिनिधिलगायत बुद्धिजीवी, विभिन्न व्यवसायी, पत्रकार एवं ल्होमार्गी तमु तमुस्योहरु र अन्य गैरतमुहरु पनि उल्लेख सहभागी थिए ।

कार्यक्रम संचालन समाजका कावा महासचिव किशोर घलेले गरेका थिए भने कार्यक्रममा स्वागत मन्तव्य तमु समाज बहराइनका उपाध्यक्ष भिम तमुले दिएका दिए । त्यसपछि कार्यक्रमका सभापति, प्रमुख अतिथि र विशिस्ट अतिथिहरु मञ्चमा उपस्थित भएर संयुक्तरूपमा दिप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गर्दै राष्ट्रिय धुनसँगै औपचारिक कार्यक्रमको शुभारम्भ भएको थियो । एकताको सन्देश बोकेर आयो ल्होसार भन्ने गीतमा सांस्कृतिक नृत्यको प्रस्तुतिसँगै कार्यक्रममा उपस्थित सबैलाई स्वागत गरिएको थियो। लगत्तै शुभकामना मन्तव्यको क्रम जारी भयो ।

मन्तव्यको क्रममा नेपाल आदिवासी जनजाति महासंघ बहराइनका अध्यक्ष बिरेन्द्र तुम्बापोले समग्र जनजातिको प्रतिनिधित्व आफ्नो शुभकामना मन्तव्य दिए । तमु समाज बहराइनका संस्थापक संरक्षक तथा नेपाली क्लबका वर्तमान अध्यक्ष दिपक तमुले ल्होसार किन र कसरी मनाइन्छ र ल्होमार्गीहरुमा ल्हो अर्थात् वर्गको महत्त्वबारे संक्षिप्त विवरणसहित जानकारी गराएका थिए । अन्य विशिस्ट अतिथिहरुले आफ्नो शुभकामना मन्तव्य राखेका थिए ।

प्रमुख अतिथि राजदूत तीर्थराज वाग्लेले परदेशमा पनि तमुहरुले आफ्नो संस्कार, संस्कृति र परम्परालाई जोगाउन गरेको प्रयासप्रति खुशी व्यक्त गरे। यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने कुरा औंल्याउँदै उपस्थित सबैलाई तमु ल्होसारको शुभकामना व्यक्त गरे ।

अन्तमा कार्यक्रमका सभापति राजु तमुले आफ्नो मन्तव्य दिँदै तमुहरु सबै एक हौं । आदिवासी जनजातीअन्तर्गत तमुहरुको छुट्टै पहिचान रहेको कुरा उल्लेख गर्दै हामीले बोल्ने भाषा र लगाउने पोसाकले नै गुरुङको पहिचान दिन्छ भन्दै अबको नयाँ पिढीले आफ्नो भाषा सिक्नुपर्ने कुरामा जोड दिए । त्यसक्रममा कार्यक्रममा सहभागी सम्पूर्णमा धन्यवादसहित आभार व्यक्त गर्दै उनले औपचारिक कार्यक्रम समाप्त भएको घोषण गरे ।

लगत्तै तमु समाज बहराइनको तर्फबाट प्रमुख अतिथिलाई समाजका अध्यक्ष तथा संरक्षकबाट फेटा लगाएर सम्मान गरिएको थियो । साथै समाजको हरेक गतिविधिमा आफ्नो अमूल्य सहयोग र योगदान दिने व्यक्तित्वहरुलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो । मुप्री ल्हो (गिद्ध) वर्गलाई बिदाई गरि सप्ह्री ल्हो (सर्प) वर्गमा प्रवेश गरेको सबैलाई प्हच्यु च्हिबा चक्र तमुबाट रुपा (पैरु) लगाएर ग्रह शान्ति गर्दै स्याइस्याइ पनि गरिएको थियो । त्यसपछि दोस्रो चरणको अनौपचारिक सांस्कृतिक कार्यक्रम सुचारु गरिएको थियो । समाजका सल्लाहकार चन्द्र गुरुङले सांस्कृतिक कार्यक्रम संचालन गर्दै कार्यक्रमस्थल संगीतमय बनाएका थिए ।

कार्यक्रममा कलाकारहरुको रोजाइ अनुसारका विभिन्न मिश्रित गीतहरुमा जस्तै गुरुङ गीत, नेपालमा चर्चित लोकगीतहरु, आधुनिक गीतहरुमा नाचेर कलाकारहरुले आफ्नो कला प्रस्तुत गरी कार्यक्रममा उपस्थित दर्शकलाई मन्त्रमुग्ध बनाउँदै मनोरञ्जन दिइरहेको थियो । दर्शकहरु पनि सामूहिक रुपमा पनि नाच्दै कलाकारहरुलाई साथ दिइरहेका थिए ।

साँच्चिकै तमु ल्होसार कार्यक्रम संगीतमय बनाउँदै भव्य रुपमा सम्पन्न भएको भान भइरहेको थियो । मौलिक पोसाकमा सजिएका तमु तमुस्योहरु र गैरतमुहरुको पनि बाक्लो उपस्थिति रहेको कार्यक्रममा तमुहरुको मौलिक परिकार सेलरोटी अचारको अनि बेलुकाको खानाको पनि व्यवस्था गरिएको थियो ।

कार्यक्रम सफल बनाउन सबैले आआफ्नो ठाउँबाट सक्रिय भूमिका निभाउँदै समाजप्रति यहाँहरुको सदासयताको उच्च कदर गर्दै तमु समाज बहराइन आभार एवं धन्यवाद व्यक्त गर्दछौं भन्दै ल्होसारको रौनकता सँगै बिदा गरिएको तमु समाज बहराइनले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!