चीनको तिब्बतमा भूकम्प अपडेट : मृतकको संख्या १२६ पुग्यो

SHARE:

लन्डन ७ जनवरी २०२५ । चीनको दुर्गम तिब्बत क्षेत्रमा मङ्गलबार आएको विनाशकारी भूकम्पमा मृत्यु हुनेको संख्या १२६ पुगेको छ । छिमेकी नेपालको राजधानी काठमाडौँ र भारतका केही भागमा पनि कम्पन महसुस गरिएको छ ।

चीनको सरकारी प्रसारणकर्ता सिसिटिभीले सार्वजनिक गरेको भिडियोमा भित्ताहरू चिरा परेपछि घरहरू ध्वस्त भएको देखाइएको छ । फुटेजमा देखाइए अनुसार उद्धारकर्मीहरू भग्नावशेष बीच हिँडेका थिए भने केहीले स्थानीयवासीहरूलाई शून्य डिग्री भन्दा कम तापक्रममा न्यानो राख्न बाक्लो कम्बल दिएका थिए ।

भूकम्प मङ्गलबार बिहान करिब ९:०० बजे (०१०० जिएमटी) नेपालसँगको सीमा नजिक सर्वोच्च शिखर सगरमाथाको करिब ८० किलोमिटर (५० माइल) उत्तरमा रहेको ग्रामीण र उच्च उचाइको तिङरी काउन्टीमा गएको थियो । सिसिटिभीका अनुसार स्थानीय समयानुसार साँझ ७:०० बजेसम्म कम्तीमा १२६ जनाको मृत्यु पुष्टि भएको र अन्य १८८ जना घाइते भएका छन् ।

गम्भीर अवस्थामा रहेका २८ जनालाई उपचारका लागि अस्पताल लगिएको छ भने तीत हजार ६०९ घर भत्किएका छन् । चाइना अर्थक्वेक नेटवक्र्स सेन्टर (सिइएनसी) ले भूकम्पको तीव्रता ६.८ मापन गरेको छ भने युएस जियोलोजिकल सर्भेका अनुसार ७.१ म्याग्निच्युड मापन गरिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!