लन्डन ११ जनवरी २०२५ । पछिल्लो समय बेलायतमा मनोक्रान्ति दर्शन मौलाउँदै गएको छ ।
विगत ६ महिनादेखि गुरु डा. योगी बिकाशानन्दले दिँदै आएको प्रशिक्षण र शिविरमा सहभागिताले मनोक्रान्तिको फैलावट पुष्टि गरेको हो । डा. योगीले प्रत्येक शनिबार युके समय बिहान ७ बाट ८ बजेसम्म भर्चुअल जुममार्फत धारावाहिक प्रवचन दिइरहेका छन् । गत डिसेम्बर २२ देखि २६ तारिख २०२४ सम्म पाँच दिनका लागि ज्ञान, योग, सेमिनार पनि भर्चुअल जुममार्फत सञ्चालन भएको थियो । उक्त शिविरमा नेदरल्यान्ड, स्पेन, नेपाल र बेलायत गरेर ६३ जना सहभागी भएका थिए ।

ज्ञान योग सेमिनार मनोक्रान्ति टीम युकेले संयोजन गरेको हो । आगामी मे महिनामा मनोक्रान्ति प्रशिक्षणका लागि गुरुदेव गुरुमाको बेलायत भ्रमण तयार भइरहेकोले उक्त भ्रमण सफल पार्नका लागि मनोक्रान्ति टीम खटिरहेको प्रशिक्षक नगेन्द्रराज नेम्वाङले जानकारी दिए ।
मनोक्रान्ति योग प्रशिक्षक नगेन्द्र नेम्वाङको अध्यक्षतामा उपाध्यक्ष धनकुमार नेम्बाङ, उपाध्यक्ष प्रमिला लाबुङ राई, महासचिव भगिश्वर चोङबाङ लिम्बु, कोषाध्यक्ष एसके (सविन्द्रकुमार) गुरुङ, सदस्यहरु होमा पाहिम लिम्बु, छवि सेलिङ, योग प्रशिक्षक गोपबहादुर सिङ्जाली मगर, युवा संयोजक शान्ति लिम्बु, सल्लाहकारहरु खड्गजङ आङबुहाङ लिम्बु, भक्तिहाङ नेम्बाङ चयन भएका छन् ।
आजभन्दा ८ वर्ष अगाडि पनि २०१६ मा गुरुदेव गुरुमाको दुई महिनाका लागी बेलायत भ्रमण भएको थियो । बेलायतमा रेकी प्रथम दीक्षित साधक साधिकाहरु सय जनाको हाराहारीमा छन् भने रेकी दोस्रो डिग्री दीक्षित साधक साधिका १० जना रहेका छन् ।
मनोक्रान्ति योग प्रशिक्षकहरु जमुना गर्बुजा पुन, प्रिया पुन र गोपबहादुर सिङ्जाली पुन रहेका छन् । मनोक्रान्ति अभियानलाई विश्वव्यापी बनाउनका लागि विश्व परिवार युरोप नेदरल्यान्डबाट लिला लामा, स्पेनबाट भबिन, नर्दन आइल्यान्डबाट प्रिया पुन र जर्मनीबाट सुनिता लामा, नर्वेबाट सिता पौडेललगायतले सक्रियताका साथ मनोक्रान्ति टीम युकेसँग सहकार्य गरिरहेका छन् ।
मनोक्रान्ति योग प्रशिक्षकद्वय नगेन्द्र नेम्बाङ र गोपबहादुर सिङ्जाली मगरले विगत २ वर्षदेखि भर्चुअल जुममार्फत दैनिक नि:शुल्क योग, ध्यान, साधना सिकाइरहेका छन् ।






