एनआरएनएको आगामी चैतमा दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन

SHARE:

काठमाडौँ १२ जनवरी २०२५ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आगामी चैत १ र २ गते दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन गर्ने भएको छ ।

एनआरएनएले आइतबार पत्रकार सम्मेलन गरी अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्णयानुसार थाइल्यान्डको बैंककमा उक्त सम्मेलन गर्न लागेको जानकारी दिएको हो ।

एनआरएनएका अध्यक्ष डा. बद्री केसीले विदेशमा रहेका युवा र दोस्रो पुस्ताका गैरआवासीय नेपालीलाई अपनत्व महसुस गराई मातृभूमिसँग जोड्न सम्मेलन गर्न लागेको बताए ।

यसैगरी एनआरएनएले आगामी चैत ३ र ४ गते कम्बोडियाको न्होम पेन्ह सिटीमा १०औँ एशिया–प्रशान्त क्षेत्रीय सम्मेलन आयोजना गर्ने भएको छ । यसपटक संघले एशिया–प्रशान्त क्षेत्रीय सम्मेलनलाई ‘संगम’ नामकरण गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!