विदेशमा सिकेको सीप नेपालमा

SHARE:

पोखरा । बेलायतीहरुले लामो समयदेखि काठा तताउँदै आएको वातावरण मैत्री प्रविधि अब नेपालीहरुले समेत प्रयोग गर्न पाउने भएका छन् । विगत १६ वर्षदेखि बेलायतमा बसेर यही प्रविधिको व्यवसायसँगै सीपसँग पौठीजोरी खेल्ने पोखरेली दुइजनाले यसलाई नेपाल भित्र्याएका हुन् । ती हुन् धनु थकाली (पुरन) र जगन गुरुङ । लामो समयदेखि बेलायतमा सिकेको सीप उनीहरुले नेपालमा भित्राएका हुन् ।

सामाजिक कार्यसँगै व्यवसायमा दत्तचित्त धनु र जगनले नेपालमा पनि यो व्यवसाय सुरु गर्ने मनसायका साथ करिब तीन वर्षअघिदेखि यसलाई परीक्षणका रुपमा नेपालमा भित्र्याएका हुन् । ‘उतैको सामान किनेर राख्दा प्रविधि महँगो हुन्छ त्यही भएर नेपाली सुहाउँदो र खर्चले पनि धान्न सक्ने हिसाबले यो प्रविधी भित्र्याउन प्रयासरत पनि छौं’ धनु थकालीले भने । उनले चारवटा कोठाका लागि करिब ३ लाख खर्च गर्नु पर्ने बताए ।

खाना पकाउने एलपिजी ग्यासले कोठा तताउने र नुहाउनका लागि तातो पानीसँगै आउने हुनाले सेन्ट्रल हिटिङ सिस्टेम र वाटर हिटिङ प्रविधि सुरुमा राख्दा केही महँगो देखिने भए पनि प्रयोगका हिसाबले सस्तो हुने थकालीले बताए । बेलायतीहरु वातावरण मैत्रीका सामग्री प्रयोगका लागि सचेत भएका कारणले पनि यो प्रविधि बेलायतलगायत युरोपेली मुलुकमा निकै चर्चित रहेको उनको भनाइ छ । यो खासगरी बिरामी, केटाकेटी र वृद्ध–वृद्धाका लागि निकै उपयोगी हुने थकालीले स्पष्ट पारे ।

धाराबाट आएको चिसो पानीलाई मेसिनमा भएको सेन्सरले तातो गराउने काम गर्छ । मेसिन भित्रको पानी तातो भएपछि कोठाको वायुमण्डलमा फैलिन्छ र मेसिनमा आफूले चाहेको तापक्रमअनुसार मिलाउन सक्ने गरी सुइचहरु समेत राखिएको छ । वाटर वोइलर हिटर जुन एकदमै सुरक्षित छ यसले ३५ देखि ६० डिग्री सेल्सियस सम्म तापक्रम दिन्छ । यो मेशिनलाई ५ वर्षमा एक पटक मेन्टेनेन्स गर्दा हुने थकालीले बताए । उनका अनुसार दैनिक लगातार चार घन्टा प्रयोग गर्दा एउटा एलपिजी ग्यासले करिब १५ दिनसम्म चार बटा कोठा तताउन र नुहाउन, भाँडा धुन तातो पानी प्रयोग गर्न सकिने बताए ।

अहिले यो प्रविधि पोखराको टुरिजम एण्ड होटल मेनेजमेन्ट कलेज र काठमाडौ केही घर हरुमा सुरु गरिएको थकालीले जानकारी दिए । ‘हामीले जहाँ जहाँ यो काम गरेका छौ हाम्रा ग्राहक सदस्यहरु निकै खुसी हुनुहुन्छ जसका कारण हामी निकै हौसिएका पनि छौं’ थकालीले भने । उनले नेपालका लागि केही दक्ष कामदारसँगै यो प्रविधिलाई अझै शुलभ बनाउन प्रयासरत रहेको पनि बताए ।

पोखरा पृथ्वीचोक निवासी धनु थकाली विगत दुई दशक देखि बेलायतमा बस्दै आएका छन् । उनी सहारा युकेको एफसी सिइओ र बगर भाइ खलकको युके पोखरा प्रतिनिधिलगायत अन्य सामाजिक संघ–संस्थामा समेत आबद्ध छन् । उनले विगतमा करिब ३ वर्ष भूसंरक्षण जलाधारअन्तर्गत बेगनास र रुपातालका लागि जलाधार संरक्षणका लागि समेत ओभरसियर भएर काम गरिसकेका छन् । उनी पोखराको चर्चित स्कुल गण्डकी बोर्डिङ स्कुल (इग्बोसा) का सदस्य समेत हुन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!