एनआरएन अध्यक्ष केसीद्वारा कांग्रेस सभापति देउवाको ध्यानाकर्षण

SHARE:

काठमाडौँ २१ जनवरी २०२५ । गैरआवासीय नेपाली सङ्घ (एनआरएन )का अध्यक्ष बद्री केसीले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सरकारले विदेशमा बस्ने नेपालीलाई गैरआवासीय नेपाली नागरिकता दिन थाले पनि त्यसको संविधानतः कार्यान्वयन नहुँदा समस्या परेको गुनसो गर्दै समाधानका लागि अनुरोध गरेका छन् ।

‘संविधानले नै निर्दिष्ट गरेको अधिकार प्राप्तिका लागि पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदा पनि पछिल्लो पटक गैरआवासीय नेपालीलाई १० वर्ष भिसा शुल्क नलाग्ने भनेर अध्यादेश आउँदा विदेशमा रहेका नेपालीहरु थप निराश भएका’सभापति देउवासमक्ष उनले गुनासो गरेको एनआरएनले विज्ञप्ति निकालेर जनाएको छ । सभापति देउवाले एनआरएनका समस्या समाधानका निम्ति आफ्नो तर्फबाट हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!