फागुन ३ मा पोखरामा च्यारिटी डिनर नाइट गर्दै चारभञ्ज्याङ तमु समाज अन्तर्राष्ट्रिय समन्वय समिति

SHARE:


पोखरा ५ फेब्रुअरी २०२५ । चारभञ्ज्याङ तमु समाज अन्तर्राष्ट्रिय समन्वय समिति पोखराले फागुन ३ गते पोखरामा परोपकारी कार्य गर्ने उद्धेश्यले पहिलो पटक च्यारिटी डिनर नाइट गर्ने भएको छ।

विगतमा वर्षमा चारभञ्ज्याङ तमु समाज युकेले वार्षिक रुपमा युकेका च्यारिटी डिनर नाइट आयोजना गरी पर्वत जिल्लाको चारभञ्ज्याङ क्षेत्रमा स्वास्थ्य, शिक्षा, मानवीय हित, सँस्कृति संरक्षण एवम भौतिक विकासमा टेवा पुर्याउदै आफ्नो जन्मभुमिप्रति योगदान पुर्याउदै आएको चारभञ्ज्याङ तमु समाजहरुको समन्वयकारी संस्था चारभञ्ज्याङ तमु समाज अन्र्तराष्ट्रिय समन्वय समितिले पहिलो पटक पोखरामा च्यारिटी डिनर नाइट आयोजना गर्ने भएको हो । च्यारिटी डिनर नाइटमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई प्रमुख अतिथि, मन्त्रीहरु, सांसद एवम् जनप्रतिनिधिहरु, गैरआवाशिय नेपाली संघ ग्लोवलका अध्यक्ष बद्रि केसी, एनआरएनए युकेका अध्यक्ष हितकाजी गुरुङ, तमु धिं युकेका अध्यक्ष जुमकाजी गुरुङ लगायत विभिन्न देशबाट नेपालका आएका अतिथिहरुलाई विशेष आमन्त्रणका साथै पोखरामा रहेका संघ संस्थाहरु, युके, काठमाण्डौं, युरोप, हङकङ, पोखरा, बुटवल चारभञ्ज्याङ एवम चारभञ्ज्याङ गाँउहरुबाट समेत कार्यक्रममा आमन्त्रित गरिएको छ।
कार्यक्रमको संयोजक चारभञ्ज्याङ तमु समाज युकेका अध्यक्ष बेनकुमार गुरुङका अनुसार कार्यक्रममा मनोरञ्जनात्मक बनाउनका लागि कृष्णकुमार गुरुङको संयोजकत्वमा साँस्कृतिक तयारी, कार्यक्रम व्यवस्थित गर्नका लागि आइसिसि महासचिव डिवी गुरुङ, अतिथि स्वागतका लागि आइसिसि उपाध्यक्ष हुमबहादुर गुरुङ, युवा परिचालन संयोजनका लागि शिव घले लगायत करिब १५ विभिन्न उपसमितिहरु तयारीमा जुटेकाछन् ।
आफ्नो गाँउ ठाँउको विकास र सेवाका लागि युकेमा मात्रै किन नेपालमा पनि च्यारिटेवल सँस्कृतिको विकास गराउन पहिलो पटक पोखरामा च्यारिटी डिनर नाइट आयोजना गर्न लागिएको चारभञ्ज्याङ तमु समाज अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष ले.चन्द्रबहादुर गुरुङले जानकारी दिए ।

चारभञ्ज्याङले युकेमा वर्षेनी च्यारिटी कार्यक्रम गरी चारभञ्ज्याङ गाँउमा मोडलका रुपमा निशुल्क गुणस्तरीय सेवाका साथ टेलिमेडिसिन स्वास्थ्य केन्द्र सञ्चालन भईरहेकोछ र उक्त केन्द्र वर्षमा हजारौंले निशुल्क प्राप्त गरिरहेको उहाँले जानकारी दिए । यसरी नै गाँउका हरेक विद्यालयको भौतिक विकास र गुणस्तरी शिक्षा, छात्रवृत्ति, शैक्षिक सामग्री वितरण, साँस्कृतिक एवम सामाजिक धरोहरहरु संरक्षण र विकास, कृषि तथा पर्यटन पुर्वाधारमा वर्षेनी च्यारिटीबाट सहयोग गर्दै आएको अध्यक्ष गुरुङले बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!