बार्सिलोनामा नेपाल मगर संघ स्पेनको माघे संक्रातिको अवसरमा कार्यक्रम

SHARE:

स्पेन ६ फेब्रुअरी २०२५ । नेपाल मगर संघ स्पेनले माघे संक्रातिको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ ।

२६ जनवरी २०२५ को दिन बार्सिलोनामा सांस्कृतिक कार्यक्रमसहितका कार्यक्रम गरिएको हो । कार्यक्रममा मगर युवा समूह, नयाँ पुस्ताका संयोजक आशा पुनमगरले मौलिकता झल्काउने सुन्दर नृत्यहरु प्रस्तुतिसहित कार्यक्रमको बृहत् सांस्कृतिक पक्षलाई पूर्ण रुपमा जिम्मा लिएका थिए ।

कार्यक्रममा सिभिल इन्जिनियरमा माष्टर गरेकी रजनी रोकामगर तथा मानव संशाधन र प्रतिभा व्यवस्थापनमा माष्टर सकेर औषघि विज्ञानमा मास्टरमा अध्यनरत शोभा पुलामीमगरलाई संस्थाका अध्यक्ष बुद्ध थापामगरले बधाई तथा शुभकामनासहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

सम्पूर्ण संस्थाहरुको साथमा विशेषगरी नैतिक,भौतिक,आर्थिक र सांस्कृतिक रुपमा सहयोगी संस्थाहरु गैरआवासीय नेपाली संघ (एनआरएन) स्पेन, तमु समाज स्पेन तथा तामाङ समाज स्पेन परिवारलाई धन्यवादका साथ प्रमाणपत्र प्रदान गरिएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!