भरत कुमार श्रेष्ठद्वारा सम्पादित “अवको बाटो” पुस्तकको बिमर्श कार्यक्रम सम्पन्न

SHARE:

 

बेलायत- आइतवार २३ फेब्रुरी २०२५ का दिन साहित्यकार, परिकल्पनाकार, संकलक , सम्पादक एबं लेखक भरत कुमार श्रेष्ठद्वारा सम्पादित “अवको बाटो” पुस्तकको बिमर्श कार्यक्रम बेलायतको ह्यारोस्थित गोल्डनसीप रेष्टुरेन्टमा सम्पन्न भएको छ।

उक्त बिमर्श कार्यक्रम, साहित्य संगम, साहित्य संगालो, साहित्य चौतारी, नेपाली साहित्य विकाश परिषद, नेपाली प्रतिभा प्रतिष्ठान बेलायत, अन्तराष्ट्रिय नेपाली साहित्य समाज बेलायत, अन्तराष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठान बेलायत, विश्व नेपाली साहित्य महासंघ युके दक्षिण शाखा र विश्व नेपाली साहित्य महासंघ युके पश्चिम शाखाको संयुक्त आयोजनामा सम्पन्न भएको हो।

कार्यक्रमको पहिलो चरणमा आपतकालीन सम्बन्धि सूचना, आसन ग्रहण, राष्ट्रिय गान र स्वागत मन्तब्यबाट शुरु गरिएको थियो।अन्तराष्ट्रिय नेपाली साहित्य समाज बेलायतका पुर्वअध्यक्ष तथा साहित्यकार डा. रुपक श्रेष्ठले “अबको बाटो” पुस्तकको वारेमा बिमर्श समिक्षा गरेका थिए भने पुर्व डिएसपी शिवजी श्रेष्ठ, डा. मिलन ज्ञानवाली, कोभेन्त्री नेपाली समाजका संरक्षक एबं बौद्धिक व्यक्तित्व श्री बिष्णु प्रसाद सापकोटा, साहित्य चौतारीका अध्यक्ष दुर्गा प्रसाद पोखरलले पनि पुस्तकको बारेमा आ-आफ्ना विचार राखेका थिए।

उक्त पुस्तक “अबको बाटो “ का परिकल्पनाकार , संकलक , सम्पादक एबं लेखक श्री भरतकुमार श्रेष्ठको व्यक्तित्व र कृतित्वबारेमा पत्रकार महासंघ बेलायतका महासचिब एबं लेखक श्री खेमराज रानाभाटले बोलेका थिए भने बिभिन्न संघ सस्थाका प्रतिनिधि एबं उपस्थिति महानुभाबहरुबाट सिर्जना वाचन गरेका थिए।

कार्यक्रममा पुस्तक “अवको बाटो “ का  परिकल्पनाकार ,सम्पादक, संकलक एबम लेखक श्री भरतकुमार श्रेष्ठले पुस्तकका लेखकहरु श्री विजय हितान र शिवजी श्रेष्ठलाई टोकन अफ लभ राजदुत र सम्पादकको हातबाट संयुक्त रुपमा प्रदान गरिएको थियो भने बेलायतबाट हाम्रो मातृभूमि नेपालको सम्पदा र प्राकृतिक छटाहरुको प्रचार गर्दै नेपाल सम्म १४००० किलोमीटरको यात्रा पुरा गर्नु हुने मातृभूमि प्रेमी आदरणीय व्यक्तित्व श्री रोशन श्रेष्ठलाई राजदुत र अबको बाटो पुस्तकका सम्पादकको हातबाट बधाई तथा सम्मान गरिएको थियो।

यस पुस्तक “अबको बाटो “ बारेमा प्रमुख अतिथि तथा बेलायतका लागि नेपाली राजदूत महामहिम चन्द्र कुमार घिमिरेतर्फबाट मन्तब्य राखेपछि कार्यक्रमका
सभापति श्री राज श्रेष्ठद्वारा कार्यक्रमको संक्षिप्त महत्व माथि आफ्ना कुरा राख्दै हार्दिक सधन्यबाद दिदै कार्यक्रम बिसर्जन गरेका थिए।

अन्तराष्ट्रिय नेपाली साहित्य समाज बेलायतका अध्यक्ष राज श्रेष्ठले अध्यक्षता गरेको कार्यक्रमको प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदुत चन्द्र कुमार घिमिरे थिए भने विश्व नेपाली साहित्य महासंघ केन्द्रिय उपाध्यक्ष तथा साहित्यकार विजय हितानले कार्यक्रम संचालन गरेका थिए।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!