हाम्रो सम्बन्ध विश्वास र मायाले टिक्यो : भावेश–प्रणेता

SHARE:

पोखरा २८ फेब्रुअरी २०२५ । ‘मैले पनि पत्रमित्रताको माध्यमबाटै मेरो श्रीमतीलाई विवाह गरेको हुँ, यसो किताब लेखौं कि भनेर रहर थियो । तर किताबका लागि होला भन्ने सोचेर आफैंले पढे, आफैंलाई लाज लाग्यो, सबै जलाइदिएँ ।’ त्यो प्रेमपत्र, यो प्रेम र साहित्य शीर्षकको सेसन अन्तरगत सहजकर्ता केशव शरण लामिछानेले यसो भनिरहँदा उपस्थित दर्शक माझ एकाएक हाँसोको फोहोरा गुञ्जियो । पोखरामा फागुन १५ बाट सुरु भएको १२ औँ लिट्रेचर फेस्टिबल अन्तरगत यो सेसनमा वक्ताका रुपमा लेखक भावेश भुमरी र उनी श्रीमती प्रणेता चोम्लिङ उपस्थित थिए । संयोग पनि कस्तो भने पत्रकार केशव शरण आफैंले पनि पत्रमित्रताको माध्यमबाट विवाह गरेका थिए । संयोग मिलेपछि उनीहरुले मञ्चमा आ–आफ्नो भावना साटासाट गरे ।

पत्रमित्रता अन्तरगत भावेशले कयौंलाई पत्र लेखेका थिए, मन भने प्रणेतासंग मात्रै गाँसियो । एकपटक नाममा गल्ती भएपछि उनको नाममा ५ हजार च्ठ्ठिी आएका थिए । यो देखेर राम्रो विद्यार्थी बिग्रने भयो भन्दै शिक्षकले आइन्दा यस्तो भए विद्यालयबाटै निकालिदिने भन्दै गाली गरेको उनलाई राम्रोसंग याद छ । ‘जमाना कस्तो थियो भने, मैले करिब ४÷५ सय जनालाईृ त पत्र नै लेख्थेँ, उनको पत्र पाउन थालेपछि भने सबैलाई पत्र लेख्न बन्द जस्तै भयो ।’ भावेश भन्छन् । प्रणेताले पत्रमार्फत् आफूलाई छायाँको रुपमा चिनाउँथिन् । विवाह गर्ने बेलामा बल्ल उनले छायाँ होइन प्रणेता नाम रहेछ भन्ने जानकारी पाए । अहिले आएर भावेशलाई लाग्छ, प्रणेताले आफूले आफैंलाई खलनायकको रुपमा चिनाइन् । ‘नाम ढाँटेको भन्ने जानकारी पाउँदा सम्बन्धलाई पूर्णविराम लगाऊँ कि जस्तो लागेको थियो ।’ भावेश हाँस्दै भन्छन् ।

पुस्तकमा एउटा एस्तो भाग छ, जहाँ प्रणेताले खाली पत्र पठाएकी छिन् । भावेशलाई त्यो बेलामा अचम्म लागेको भएपनि प्रणेताको भने त्यो बेलाको समयमा अर्कै बाध्यता थियो । ‘मेरो खासमा त्यही समय परीक्षा चलिरहेको थियो, पत्र लेखौं नभ्याइने, नलेखौं आफूले मन दिइसकेको व्यक्तिलाई नलेखिरहन मनले नमान्ने ।’ मुसुक्क हाँस्दै प्रणेताले सेसनमा भनिन्, ‘त्यो पत्र मैले अझै बिर्सिएको छैन है, केही बाध्यताले हो भन्ने देखाउन लेखेको हुँ ।’ पत्रमित्रताको माध्यमबाट साथी बनाउने क्रम प्रणेताको समेत जारी थियो । तर भावेशको पत्र आउन थालेपछि भने उनले अरुलाई लेख्न छोडेकी रहिछन् । प्रणेताको लागि पत्र लेख्नै भनेर भावेश राति २÷३ बजेसम्म बसेको अनुभव छ । चिसो मौसममा हात कठ्याङ्ग्रिएर लेख्न नसक्ने हुँदा समेत पत्र लेखेर प्रणेतालाई पठाएको थुप्रै अनुभव भावेशसंग छ । यीनै विविध कारणले गर्दा भावेशले त्यो बेला र अहिलेको प्रेममा भिन्नता देख्छन् ।

यो जोडीले पत्रलाई सम्हालेर राखेका थिए । धेरै पहिलेबाट उनीहरुलाई पुस्तकका रुपमा प्रकाशन गर्न सुझाव नआएको होइन । प्रणेतालाई त झन् कसैले पत्रिकामा प्रकाशित गरिदिन्छु भन्दा समेत हुँदैन, यो हाम्रो व्यक्तिगत जीवनको हिस्सा हो भनेर मान्थिनन् । भावेशलाई पनि पुस्तकका रुपमा आफ्नो भावनालाई बाहिर छरपस्ट गर्ने मन थिएन । पछि धेरैको आग्रह, विषेश गरेर छोरीले अनुरोध गरेपछि नाइ भन्न सकेनन् । ‘पुस्तकको माध्यमबाट पत्र बाहिर आउँदा आफैंलाई नराम्रो हुन्छ कि, झन् पछाडि धकेलिने हो कि झैँ लाग्थ्यो ।’ भावेश भन्छन् । छोरीले म टाइप गरिदिन्छु भनेपछि पुस्तक स्वरुप ल्याउने विषयमा सोच्न थालेको प्रणेताको भनाई छ ।

पत्रमार्फत् सुरुआत भएको उनीहरुको सम्बन्ध अहिलेसम्म पनि धेरै राम्रोसंग अगाडि बढिरहेको छ । दुवै जनाले एकअर्काको साथलाई स्वीकार गरेर जीवनलाई अगाडि बढाइरहेका छन् । प्रणेतालाई भने आफूहरुको सम्बन्ध विश्वास र मायाले अगाडि बढेको र आगामी दिनमा समेत माया र विश्वासले नै चल्छ जस्तो लाग्छ । भावेश घरको कान्छो छोरा, परिवारको विवाह गर्न धेरै आग्रह थियो । प्रणेतालाई अझै याद छ, सासुआमाले उनलाई भनेकी थिइन्, हाम्रो कान्छालाई छोडेर कतै नजानु है कान्छी । यो उनको लागि भावेशको परिवारको तर्फबाट सबैभन्दा ठूलो विश्वास थियो । ‘एकपटक पनि एकअर्कालाई नदेखेर विवाह गर्ने निर्णयसम्म पुग्नु तपाईहरुको लागि गाह्रो भएन ?’ भन्ने सहजकर्ता लामिछानेको प्रश्नमा भावेशले भने, ‘पहिलोपटक उनलाई देख्दा त राम्रो पनि होइन, नराम्रो पनि होइन, ठीकै हो भन्ने लागेको थियो ।’ परिवर्तन समयको माग हो । समय अनुसार यहाँ परिर्वतनहरु भइरहन्छ र यसरी नै संसार चलिरहेको छ । त्यसैले होला पत्र साहित्य अबको समयमा सक्किएर जान्छ कि भन्ने सोँचले भावेशलाई कहिलेकाहीं अत्ति सताउँछ । ‘चिठ्ठी लेख्ने मेरो कला थियो, अहिले पनि साथीहरुले भनिरहन्छन् ।’ उनले भने, ‘कहिलेकाहीं त पत्र साहित्य हराएर जान्छ कि भन्ने पीर पर्छ ।’

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!