एनआरएनए आईसीसी महिला विभागको शुक्रबार भर्चुअल विशेष कार्यक्रम

SHARE:


लन्डन ८ मार्च २०२५ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी) महिला विभागले अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा शुक्रबार ७ मार्चमा विशेष कार्यक्रम गर्दै छ ।

शुक्रबार नेपाली समयअनुसार साँझ ५ बजे भर्चुअल (जुम) माध्यमबाट विशेष कार्यक्रम गर्न लागिएको एनआरएनए आईसीसी उपाध्यक्ष तथा महिला विभाग अध्यक्ष रोजीना प्रधान राईले जानकारी दिइन् । उनका अनुसार महिला सशक्तिकरणको महत्वपूर्ण पक्षलाई उजागर गर्दै र महिलाहरूको सामाजिक, सांस्कृतिक र आर्थिक योगदानलाई सम्मान गर्ने उद्देश्यले आयोजना गर्न लागिएको कार्यक्रममा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त महिला महानुभावहरूको सहभागिता रहनेछ ।

सहभागीहरुले महिला समानता, महिला अधिकार र समाजमा महिलाको भूमिकाबारे आफ्ना विचार र अनुभव साझा गर्नेछन् । कार्यक्रममा

कार्यक्रममा सहभागी हुन राईले अनुरोध गरेकी छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!